default_image

6 years ago

January 11, 2019

राष्ट्रिय महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाईल्यानडमा १२ जनवरी देखि १९ जनवरीसम्म सञ्चालन हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय टोली आज थाइल्यान्ड प्रस्थान गरेको छ ।

नेपाली महिला टोली आज दिउँसो १ : ५० थाइल्यान्ड तर्फ लागेको हो । १४ सदस्यीय टोली सहित,मुख्य प्रशिक्षक विनोद कुमार दास,म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी थाइल्यान्ड लागेका हुन् । ग्रुप ‘ए’ मा नेपाल सहित युएई,चीन,थाइल्यान्ड ए,मलेसिया छन् । त्यस्तै ग्रुप ‘बी” मा थाइल्यान्ड,हङकङ,इन्डोनएसिया,भुटान, र म्यानमार रहेका छन् ।

नेपाली टोलीको खेल तालिका

जनवरी १२ : नेपाल विरुद्ध चीन
जनवरी १३ : नेपाल विरुद्ध  मलेसिया
जनवरी १४ : नेपाल विरुद्ध यूएई
जनवरी १५ रेस्ट
जनवरी १६ : नेपाल विरुद्ध  थाईल्यान्ड ए

नेपाली टोली :
रुविना क्षेत्री (वेलवासे) कप्तान
सीता राना मगर (उप–कप्तान)
करुणा भन्डारी
सरिता मगर
नेरी थापा
इन्दु वर्मा
सोनु खड्का
आरती विडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुँवर
डोली भट्ट
ममता कुमारी चौधरी
विन्दु रावल

रिजर्भ खेलाडी
रितु कुमारी कनोजिया
सुमन विष्ट
सब्नम राई

मुख्य प्रशिक्षकः विनोद कुमार दास

म्यानेजरः अमृता पौडेल

फिजियोः सकुना डानी

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.