default_image

6 years ago

January 10, 2019

आईपीएलमा सन्दीपको पारिश्रमिक बढेन !

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संकरण आगामी मार्च २३ देखी भारतका विभिन्न सहरमा सुरु हुँदैछ । यसका लागि सहभागी सबै टोलीले खेलाडी अनुबन्ध,रिटेन र रिलिज गरिसकेका छन् । एक टिममा २५ भन्दा बढि खेलाडी राख्न पाइदैन । प्लेइङ ११ मा ४ भन्दा बढि विदेशी खेलाडी पनि खेलाउन पाइदैन ।

आईपीएलको अक्सन डिसेम्बर १८ मा जयपुरमा समापन भइसकेको छ । जस्मा ४० भारतीय र २० विदेशी खेलाडी विक्री भए । नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई उनको फ्रेन्चाइज दिल्ली क्यापिटल्सले रिटेन गरेको कारण उनको नाम अक्सनमा थिएन ।

पछिल्लो एक वर्ष विश्वभरका ठूला लिगमा अप्रत्याशित सफलता हात पार्दै आएका सन्दीप अक्सनमा भएको भए करोडौं मुल्य लाग्ने उच्च सम्भावना थियो । तर पछिल्लो अक्सनमा २० लाख भारुमा विक्री भएका सन्दीप र दिल्लीबीच तीन वर्षे सम्झौता रहेको थियो । त्यसैले सन्दीपले दिल्लीले चाहेको खण्डमा अर्को संस्करणपनि यसै फ्रेन्चाइजबाट खेल्नुपर्ने हुन्छ ।

नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले यस सिजनको आईपीएलमा सन्दीपले सोहि मुल्यमा खेल्ने हाम्रो खेलकुदलाई जानकारी दिए । शिवाकोटीले आईपीएल सुरु हुन दुई महिना मात्र बाँकी हुँदा दिल्लीले अहिलेसम्म कुनै रकम नबढाएको प्रष्ट पारे ।

सन्दीपले दिल्लीसँग तीन वर्षे सम्झौता गरेको भएपनि पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय फेन्चाइज लिगमा सानदार प्रर्दशन गर्दै विश्व क्रिकेटमा तहल्का पिटीरहेका कारण केहि पारिश्रमिक बढ्न सक्ने अनुमान गरिएको थियो ।

तीन वर्षे सम्झौताका कारण सन्दीप यो वर्ष मात्र होइन सन्दीप अर्को वर्ष पनि सोहि रकममा दिल्लीबाटै खेल्नु पर्ने हुन्छ । जसको कारण सन्दीप केहि मर्कामा परेका छन् । गत सिजनमा दिल्लीबाट अन्तिम ३ खेल खेल्दै ५ विकेट लिएका सन्दीपले त्यसयता फर्केर हेर्नुपरेको छैन । उनले लगभग सबै ठूला लिग खेल्दै आफ्नो स्तर देखाएका छन् ।

अन्य अन्तराष्ट्रिय लिगमा सन्दीपको कमाई कति ?

पछिल्लो एक वर्षमा सन्दीपलाई अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग तथा राष्ट्रिय खेल खेल्न भ्याई नभ्याई छ । सन्दीपको व्यवस्थापन पक्षलाई नै उनको तालिका मिलाउन धौ=धौ परिरहेको छ । पछिल्लो एक वर्षमै क्रिकेटबाटै करोडपति बनेका सन्दीपले आईपीएलपछि यी प्रतियोगिता खेल्दै सोहीअनुसार कमाएका पनि छन् :

ग्लोबल टी-२० क्यानडा : ४३ लाख २० हजार (४० हजार अमेरिकीडलर)

क्यारेवियन प्रिमियर लिग : ५ लाख ४० हजार (५ हजार अमेरिकी डलर)

अफगानिस्तान प्रिमियर लिग : १७ लाख २५ हजार (१५ हजार अमेरिकी डलर)

टी–१० लिग : झन्डै ३५ लाख (३० हजार अमेरिकी डलर)

बिग ब्यास : ६० हजार अष्ट्रेलियन डलर

बंगलादेश प्रिमियर लिग : आधिकारीक रुपमा खुलाईएको छैन

पाकिस्तान सुपर लिग : ५० देखी ७० हजार अमेरिकी डलर (खेल्न बाँकी)

सन्दीपले पछिल्लो एक वर्षमा झन्डै २ करोड रुपैयाँ फ्रेन्चाइज लिगहरु खेलेर कमाएका छन् । पहिलो वर्षमा उनले आफ्नो प्रतिभा देखाउँदै बलियो प्रदर्शन गरेका कारण उनको आउने दिनमा मूल्य अझै बढ्ने पक्का छ । अन्य लिगमा उनको भाउ बढेर जाँदा विश्वकै उत्कृष्ट मानिने इन्डियन प्रिमियर लिगमा भने उनले अझै दुई सिजन २० लाख भारुमा नै खेल्नुपर्ने अवस्था छ ।

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

Success

Thank you for your time.