6 years ago
January 9, 2019
एजेन्सी – अष्ट्रेलियामा ७१ वर्षपछि पहिलो पटक टेस्ट सिरीज जितको खुसिमा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आफ्ना खेलाडीलाई बोनस वापत रु १५ लाख जनही भारतीय रुपैयाँ दिने भएको छ ।
बिसीसीआईले प्लेइङ ११ मा पर्ने खेलाडीलाई प्रतिखेल रु १५ लाख र बेन्चमा बस्नेलाई ७ लाख ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेको भारतीय टेलिभिजन इन्डिया टिभीले जनाएको छ । त्यस्तै बिसीसीआईले खेलाडीका साथ प्रमुख प्रशिक्षक र सपोर्टिंग स्टाफलाई पनि बोनश रकम दिने बताएको छ । प्रमुख प्रशिक्षक रवि शास्त्री, बलिङ कोच भरत अरुण र ब्याटिङ कोच सञ्जय बांगरलाई २५ लाख दिने बताएको छ । त्यस्तै सपोर्टिंग स्टाफलाई तलव अनुसार बोनस दिने छ ।
चौथो टेस्ट सोमबार वर्षाको कारण ड्र भएपछि अष्ट्रेलियन भूमिमा भारतले २– १ ले टेस्ट सिरीज जित्दै इतिहास रचेको थियो । पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएको थियो । भारत र अष्ट्रेलियाबीच ३ वान डे श्रृंखला हुने छ । पहिलो वान डे सिड्नीमा आगमी १२ जनवरीमा चल्ने छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]