default_image

8 years ago

April 13, 2016

गम्भिर र पाण्डेको अर्धशतक छायाँमा, कप्तान शर्माले मुम्बईलाई जिताए

54 views

0 Bookmark

कोलकाता- रोहित शर्माले बिस्फोटक ब्याट्डि गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा बुधबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । १ सय ८८ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ बलअघि नै ४ विकेटकको क्षेतिमा जित हासिल गरेको छ ।

मुम्बईका रोहित शर्मा ब्याटिड् गर्दै ।

मुम्बईका रोहित शर्मा ब्याटिड् गर्दै ।

दोस्रो खेलमा मुम्बईको त्यो पहिलो जित र कोलकाताको पहिलो हार हो । इडन गार्डेनमा पार्थिव पटेल, मिचेल म्याक्लिघान र जोस बटलरसँग महत्वपूर्ण साझेदारी गर्दै रोहितले टोलीलाई जित दिलाएका दिए । शर्माले अविजित ८४ रन बनाएका थिए । ५४ बलमा उम्यान अफ दी म्याच उनले १० चौका र २ छक्का प्रहार गरेका थिए । पछटेलसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेका शर्माले बटलरसँग ६६ रनको साझेदारी गरे । खेलको अन्त्यतिर आउट भएका बटलरले २२ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ४१ रन जोडे । पटले २३ र म्याक्लिघानले ८ बलमा ३ छक्का साथ २० रन बनाए । कोलकाताका आन्द्रे रसेल, पियुष चाउला र ककुलदीप यादवले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिड् गरेको कोलकाताले गौतम गम्भिर र मनीष पाण्डेको अर्धशतकमा निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । ओपनर गम्भिरले तेस्रो विकेटका लागि पाण्डेसँग एक सय रनको साझेदारी गरेका थिए । अर्का ओपनर रोविन उथप्पा (८) रनमा आउट भएपनि गम्भिर र पाण्डेले इनिड् सम्हालेका थिए । गम्भिरले ५२ बलमा ४ चौका र १ छक्कासहित ६४ रन बनाए । पाण्डेले २९ बलमा समान ३ चौका र ३ छक्काका साथ ५२ रन जोडे । रसेलले १७ बलमा ३६ रन बटुले । मुम्बई म्याक्लिघानले २ तथा हार्दिक पाण्डे र हरभजन सिंहले समान १ विकेट लिए ।

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

September 19, 2024

झाले दिलाए ओमानी कप्तानको विकेट

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]

Success

Thank you for your time.