default_image

6 years ago

January 9, 2019

सन्दीपको दोस्रो खेल आज

75 views

0 Bookmark

एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा आज दोस्रो खेल खेल्दै छन् । सन्दीपले टिम सिलहेट सिक्सर्सले चित्तागोंग भाइकिंग्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ देखी ढाकामा सुरु हुने छ ।

सिल्हेटका कप्तान डेविड वार्नर र सन्दीप लामिछाने

डेब्यू खेलमा सानदार पर्दशन गरेका सन्दीपले आजको खेलमा पनि त्यस्तै प्रर्दशन गर्ने अपेक्षा गरिएको छ । सन्दीपले पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए । चित्तागोंगको कप्तानी मुशफिकुर रहिमले गर्ने छन् ।

चित्तागोंग लगातार दोस्रो जितको खोजिमा हुँदा सिक्सर्स पहिलो जित निकाल्ने सोचमा मैदान उत्रने छ । पहिलो खेलमा सिक्सर्स कोमिल्ला भिक्टोरिएन्ससँग ४ विकेटले पराजित भएको थियो । चित्तागोंगमा सिक्दर राजा,मोहम्मद शहजाद,ल्यूक रोन्ची जस्ता ठूला नाम गरेका खेलाडी छन् ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.