6 years ago
January 8, 2019
एजेन्सी – श्रीलंकासँगको तीन वान डे श्रृंखला घरेलु टोली न्युजिल्यान्डले क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा मंगलबार श्रीलंकालाई १ सय १५ रनको फराकिलो अन्तरले हराउँदै ३–० श्रृंखला जितेको हो ।
यसअघि न्युजिल्यान्ड पहिलो खेलमा ४५ र दोस्रोमा २१ रनले विजयी भएको थियो । ३ सय ६५ रनको विशाल लक्ष्य पक्ष्याएको श्रीलंका ४२ औं ओभरमा सबै विकेट गुमाएर २ सय ४९ रनमा समेटियो । श्रीलंकाका थिसेरा परेराले ६३ बलमा ७ चौका र ३ छक्का गर्दै ८० रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।
श्रीलंकाका अन्य धनन्जय डी शिल्भा ३६, दनुष्का गुणतिलक ३१,निरोशन डिक्वेला ४६ र कुशल परेराले ४३ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । श्रीलंकाका ४ ब्याट्सम्यान डक आउट हुन पुगे । अन्तिम चार विकेट गुमाउदा श्रीलंकाले कुनै रन जोड्न सकेन । न्युजिल्यान्डका लोकी फर्गुसनले ८ ओभरमा ४० रन खर्चेर ४ विकेट लिदा इश सोधी ३ र जेम्स निशम र टिम साउदीको नाममा समान १ विकेट रह्यो ।
त्यस अघि घरेलु मैदान निलसनमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा रोश टेलर र हेनरी निकोलसको सानदार शतकमा मात्र ४ विकेटको क्षतिमा ३ सय ६४ रन जोडेको थियो । हेनरी निकोलसले मात्र ८० बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १ सय २४ रनमा नट आउट रहे । रोश टेलरले १ सय ३१ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै १ सय ३७ रनको योगदान दिए ।
त्यस्तै ओपनर कोलिन मुनरोले २१ र कप्तान केन विलियम्सनले ५५ रन बटुले । श्रीलंकाका लागि कप्तान लाथिस मलिङ्गाले ३ विकेट लिए । अव श्रीलंका र न्युजिल्यान्डबीचको एक मात्र टी–२० खेल आगमी ११ जनवरीमा हुने छ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]