6 years ago
January 7, 2019
एजेन्सी – अष्ट्रेलियासँगको चार टेस्टको श्रृंखला भारतले २-१ ले जितेको छ । यो सँगै ७२ वर्षपछि भारतले पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जितेको हो ।
चौथोटेस्ट वर्षाको कारण ड्र भएपछि अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्दै इतिहास रचेको हो । यस अघि पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएको थियो । फलोअनमा परेको अष्ट्रेलिया पाँचौ दिन ६ रनको अवस्थामा लगातार वर्षाको कारण खेल ड्र भयो ।
पहिलो इनिंगसमा अष्ट्रेलिया ३ सयमा अल आउट भएपछि भारतले फलोनलमा पारेको थियो । अष्ट्रेलिया घरेलु मैदानमा ३१ वर्षपछि पहिलो पटक फलोअनमा परेको हो । यस अघि सन् १९८७/८८ मा इंग्ल्यान्डले फलोअनमा पारेको थियो ।
अष्ट्रेलियाका लागि पहिलो इनिङसमा ओपनर मार्कस ह्यारिसले १२० बलमा ८ चौका प्रहार गर्दै ७९ रन जोडे । त्यस्तै उस्मान ख्वाजा २७,मार्नस लेबुसेचेन ३८, पिटर हृयान्डस्कोम्ब ३७ र प्याट कमिन्स २५ रन बटुले । शन मार्श ८, ट्रविस हेड २०,कप्तान टिम पेन ५ रनमा आउट हुँदा पुछारमा मिचेल स्टार्क २९ र जोश हेजलवुडले २१ रन बनाए । भारतका लागि कुलदिप यादवले ५, रविन्द्र जडेजाले र मोहम्म्द शामीले समान दुई विकेट लिदा जसप्रित बुमराहको नाममा पनि १ विकेट रह्यो ।
यस अघि भारतले ६२२-७ को अवस्थामा पहिलो पाली समाप्त गरेको थियो । भारतका लागि युवा विकेटकीपर ऋषव पन्त र चेतेश्वर पुजाराले् शतक प्रहार गरेका थिए । सानदार शतक प्रहार गरेका पन्त १ सय ८९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ५९ मा अविजीत रहे ।त्यस अघि चेतेश्वर पुजारा दोहोरो शतक बनाउन मात्र ७ रनले चुक्न पुगे । १ सय ३० ओभरको अन्तिम बलमा नाथन लायनले आफैं क्याच लिँदै १ सय ९३ रनमा पेभिलिएन फर्काए । पुजाराले उक्त रन बनाउन ३ सय ७३ बलमा २२ चौका समावेश थियो ।
रविन्द्र जडेजा र पन्तले ७ औं विकेटका लागि २ सय ४ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई विशाल रन सम्म पुर्याएका हुन् । जडेजा ८१ रनमा आउट भएपछि भारतले पहिलो इनिङस समाप्तीको घोषणा गरेको थियो । जडेजाले ११४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै युवा खेलाडी मयंक अग्रवालले, ७७,हनुमा विहारी ४२,कप्तान विराट कोहलीले २३,अजिंक्या रहाणे १८ र केएल राहुल ९ रनको योगदान दिए । अष्ट्रेलियाका लागि लाथन लायनले ४,जोश हेजलवुडले दुई र मिचेल स्टार्कले १ विकेट लिए ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]