6 years ago
January 5, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा शनिबार पाहुना टोली श्रीलंका २१ रनले पराजित भएको छ । ३ सय २० रनको विशाल लक्ष्य पक्ष्याएको श्रीलंका ४६.२ ओभरमा सबै विकेट गुमाएर २ सय ९८ रनमा समेटियो ।
श्रीलंकाका थिसेरा परेराले विश्फोटक कीर्तिमानी शतक प्रहार गरेपनि एक्लो प्रयासले टोलीको हार टार्न सकेनन् । पेरराले ७४ बलमा ८ चौका र १३ छक्का गर्दै १ सय ४० रन बनाएपनि टोलीको हार टार्न सकेनन् । साथै परेरा एकै खेलमा श्रीलंकाबाट सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका छन् । परेरा अन्तिम विकेटका रुपमा म्याट हेनरीले ट्रन्ट बोल्टबाट क्याच गराएका थिए । कुनै समय श्रीलंका १२८/७ को अवस्थामा पुगेको थियो ।
परेराको विश्फोटक शतकले जितको आसा पलाए पनि त्यसले पूर्णता पाउन सकेन । श्रीलंकाको हारको बाबजुद परेरा “म्याच अफ द म्याच” चुनिएका छन् । श्रीलंकाका अन्य दनुष्का गुणतिलक ७१,निरोशन डिकवेलाले ९, कुशल मेन्डिस २० र कप्तान लाथिस मलिङ्गा १७ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । न्युजिल्यान्डका ईश सोधी३,जेम्स निशम र म्याट हेनरीले समान दुई विकेट लिदा ट्रन्ट बोल्ट र टिम साउदीको नाममा समान १ विकेट रह्यो ।
त्यस अघि घरेलु मैदान माउन्ट मन्गनुईइमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय १९ रन बनाएको थियो । उस्का लागि ओपनर कोलिन मुनरोले ७७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए । रोस टेलरले १ सय ५ बलमा ४ चौका १ छक्का प्रहार गर्दै ९० रन जोडे । जेम्स निशम ६४,हेनरीक निकोलस ३२,विकेटकीपर टिम सीफर्टले २२ र मार्टिन गुप्टिलले १३ बटुले ।
श्रीलंकाका लागि कप्तान लाथिस मलिङ्गाले २ र नुवान प्रदीपले १ विकेट लिन बाहेक अन्य कुैन पनि बलरले विकेट लिन सकेनन् । तीन वान डेको श्रृंखला एक खेल अगावी न्युजिलयान्डले २-० ले जितेको छ । यस अघि पहिलो वान डे खेलमा न्युजिलयान्ड ४५ रनले विजयी भएको थियो । तेस्रो वान डे खेल आगमी मंगलबार हुने छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]