6 years ago
January 5, 2019
एजेन्सी – भारतसँगको चौथो तथा निर्णायक टेस्टमा तेस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले संघर्ष गरिरहेको छ । तेस्रो दिनको खेल सकिदा घरेलु टोली अष्ट्रेलिया भारत भन्दा अझै ३ सय ८६ रनले पछि छ ।
दिनको सुरुवात २४-० को अवस्थाबाट गरेको अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिदा २३६/६ को अवस्थामा छ । उस्का लागि पिटर हृयान्डस्कोम्ब २८ र प्याट कमिन्स २५ रनमा नट आउट छन् । ओपनर मार्कस ह्यारिसले १२० बलमा ८ चौका प्रहार गर्दै ७९ रन जोडे । त्यस्तै उस्मान ख्वाजा २७,मार्नस लेबुसेचेन ३८,शन मार्श ८, ट्रविस हेड २० र कप्तान टिम पेन ५ रनमा आउट भए । भारतका लागि कुलदिप यादवले ३, रविन्द्र जडेजाले २ र मोहम्म्द शामीले १ विकेट लिएका छन् ।
यस अघि भारतले ६२२/७ को अवस्थामा पहिलो पाली समाप्त गरेको थियो । भारतका लागि युवा विकेटकीपर ऋषव पन्त र चेतेश्वर पुजाराले् शतक प्रहार गरेका थिए । सानदार शतक प्रहार गरेका पन्त १ सय ८९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ५९ मा अविजीत रहे ।त्यस अघि चेतेश्वर पुजारा दोहोरो शतक बनाउन मात्र ७ रनले चुक्न पुगे । १ सय ३० ओभरको अन्तिम बलमा नाथन लायनले आफैं क्याच लिँदै १ सय ९३ रनमा पेभिलिएन फर्काए । पुजाराले उक्त रन बनाउन ३ सय ७३ बलमा २२ चौका समावेश थियो ।
रविन्द्र जडेजा र पन्तले ७ औं विकेटका लागि २ सय ४ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई विशाल रन सम्म पुर्याएका हुन् । जडेजा ८१ रनमा आउट भएपछि भारतले पहिलो इनिङस समाप्तीको घोषणा गरेको थियो । जडेजाले ११४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै युवा खेलाडी मयंक अग्रवालले, ७७,हनुमा विहारी ४२,कप्तान विराट कोहलीले २३,अजिंक्या रहाणे १८ र केएल राहुल ९ रनको योगदान दिए ।
अष्ट्रेलियाका लागि लाथन लायनले ४,जोश हेजलवुडले दुई र मिचेल स्टार्कले १ विकेट लिए ।चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएको थियो । भारतले यो खेलमा जित वा ड्र गराए पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्ने छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]