6 years ago
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणका लागि सहभागी फ्रेन्चाइज टोलीहरुले मार्की खेलाडी परिवर्तन गरेका छन् ।
प्रतियोगितामा विराटनगर किंग्सले पारस खड्का प्रतियोगितामा सहभागिता नजनाउने भएपछि करण केसीलाई मार्की खेलाडी बनाएको छ । पछिल्लो संस्करण ‘टिम चौराहा धनगढी’ को नाम रहेको धनगढी यसवर्ष ‘धनगढी स्टार्स’ नामले खेल्नेछ । मार्की खेलाडीमा भने सोमपाल कामीले नै निरन्तरता पाएका छन् ।
महेन्द्रनगर युनाइटेडमा यस वर्ष विनोद भण्डारीको स्थानमा शरद भेषावकर आएका छन् । शरदले पछिल्लो संस्करण पारीवारिक व्यस्तताका कारण सहभागिता जनाएका थिएनन् । यस्तै रुपन्देही च्यालेन्जर्सले सन्न्यास लिएका शक्ति गौचनको स्थानमा वसन्त रेग्मीलाई मार्की खेलाडी बनाएको छ ।
काठमाडौं गोल्डेन्सले भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ । सीवाईसी अत्तरियाले पनि पछिल्लो संस्कारणझैं दिपेन्द्रसिंह ऐरीलाई नै मार्की खेलाडी बनाएको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]