default_image

6 years ago

January 4, 2019

रुस्लान डीपीएल नखेल्ने ४ स्टार खेलाडी

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ २६ देखी फागुन ११ सम्म धनगढीमा हुँदैछ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको कीनबेच (अक्सन) शनिबार काठमाडौंमा हुँदैछ ।अक्सनमा २ सय ५ जना खेलाडी छन् । यस पटक प्रतियोगितामा खेलाडीले आफ्नो बेस प्राइस (न्युनतम मूल्य) आफैं तोक्ने प्रावधान रहेको छ । खेलाडीहरुले आफ्नो बेस प्रेस ३० हजार देखी २ लाख ५० हजार सम्म निर्धारण गर्न सक्नेछन् ।

विगतझैं यसपटक पनि ६ फ्रेन्चाइज टोली सहभागी रहने भएपनि टोलीको नाम र संरचनामा भने केहि परिवर्तन हुने सम्भावना रहेको छ । गत संस्करणमा धनगढी टिम चौराहाले फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यस पटको डीपीएलमा नेपाली राष्ट्रिय टिममा पर्दै आएका यी चार स्टार खेलाडीलाई भने देख्न पाइने छैन:

पारस खड्का (अलराउन्डर)

Paras Khadka

फाइल तस्विर

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का यस पटक डीपीएल नखेल्ने बताएका छन् । पारसले पारीवारिक व्यस्तताका कारण डीपीएल खेल्न नसक्ने जानकारी दिएका हुन् । गत संकरणमा पारसले विराटनगरको कप्तानी गरेका थिए ।

सुवास खकुरेल (विकेटकिपर ब्याट्सम्यान)

CYC Attariya team Captain Subash Khakurel.

नेपाली राष्ट्रिय टिमका ओपनर तथा विकेटकीपर सुवास खकुरेल पनि डीपीएल खेल्ने छैनन् । खकुरेलले हाम्रो खेलकुदलाई दिएको जानकारी अनुसार आफ्नो हातमा समस्या देखिएको कारण नखेल्ने भएका हुन् । गत संस्करणमा सुवास सिवाईसी अत्तरीयाबाट खेलेका थिए ।

सागर पुन (अलराउन्डर)

नेपाली राष्ट्रिय टिमका अलराउन्डर सागर पुन पनि डीपीएल खेल्ने छैनन् । केहि दिन अघि काठमाडौंमा सम्पन्न तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्सबाट ललितपुरसँग कालिफायर खेलमा सागरको दाइने खुट्टामा समस्या देखिएपछि उनको शल्यक्रिया गरिएको थियो। जस्को कारण उनि चार पाँच महिना मैदान बाहिर रहने छन् । गत संस्करणमा सागरले रुपन्देहि च्यालेन्जर्सको जर्सी लगाएका थिए ।

सन्दीप लामिछाने (स्पिनर)

लेग स्पिनर सन्दीप लामिछानेले पनी डीपीएल खेल्ने छैनन् । सन्दीपले गत वर्ष पनि यस प्रतियोगिता खेलेका थिएनन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्न भ्याई नभ्याई रहेको सन्दीपले डीपीएलको समयमा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न जाने छन् । सन्दीपलाई एक महिना अघिनै पीएसएलको फ्रेन्चाइज टोली लाहोर कलन्दर्सले अनुबन्ध गरेको छ । पीएसएल १४ फेब्रुअरी देखी सुरु हुने छ । सन्दीप नेपाल र युएईबीच हुने तीन ओडीआई अन्तर्राष्ट्रिय र ३ टी– २० अन्तराष्ट्रिय खेलपछि पीएसएल जाने छन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.