6 years ago
January 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीको संस्मरण एलबी क्षेत्री कप्तान १९९८ शुक्रबार राजधानीमा विमोचन भएको छ । क्रियटिभ बुक्सले प्रकाशन गरेको पुस्तक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।
दायाँबाट क्यान पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तानद्वय एलबि क्षेत्री र उत्तम कर्माचार्य
क्रियटिभ बुक्सको पाँचौं प्रकाशन ‘कप्तान १९९८’ को बजार मूल्य ४ सय २५ रुपैयाँ तोकिएको छ । खेलकुद विधामा दोस्रो पुस्तक प्रकाशन गरेको क्रियटिभ बुक्सले यसअघि ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा सार्वजनिक गरको थियो । नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो । पहिलो राष्ट्रिय टोलीको उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए ।
विमोचन समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानहरु उत्तम कर्माचार्य, पवन अग्रवाल, विनोद दास तथा महिला क्रिकेट टोलीकी पूर्व कप्तान निरा राजोपाध्यायले उपस्थित थिए । नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे, साहित्यकार नयनराज पाण्डे, बुक्सका अध्यक्ष टिएस ठकुरी, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दिपक श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।
एलबी क्षेत्री
पुस्तकमा नेपाली क्रिकेटको इतिहास, समकालिन क्रिकेटरको संघर्षको कथा समेटिएको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले बताए । पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा क्षेत्रीले आफ्नो आत्मसंस्मरण लेखेका हुन् । क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणासहित सुरुवात, विकास र बिस्तारको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको दुई दशक पुरा हुँदा नेपाली पुरुष टोलीले एक दिवसिय मान्यता प्राप्त गरेको छ ।
भारतको कोलकातामा क्रिकेट सिकेका क्षेत्रीले कोलकातामा ए डिभिजन क्रिकेट खेलेर नेपाल फर्किएका थिए । नेपालमा जिल्ला, क्षेत्र हुँदै उनले राष्ट्रिय प्रतियोगिता खेले । खेल जीवनपछि नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सदस्य तथा मध्यपश्चिमको क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा लिएका क्षेत्रीको अगुवाइमा सुरु भएको महिला क्रिकेटको कथा पनि पुस्तकमा समावेश गरिएको बताइएको छ ।
नेपाली क्रिकेटमा देखिएको चरम विवाद, राजनैतिक हस्तक्षेप, आइसीसीको निलम्बन र अब समाधानको उपायका सम्बन्धमा पनि उनको पुस्तकमा पढ्न पाइने जनाएको छ । यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समुहमा नेपाल सरकारको तर्फदेखि उनी सदस्यका हैसियतमा क्रियाशील छन् ।
कोहलपुर नगरपालिका १० शान्तिटोलका स्थायी निवासी क्षेत्री श्रीमति, एक छोरा र छोरीका साथ बिभिन्न सामाजिक कार्यमा पनि संलग्न छन् । प्राध्यापन पेशामा रहेका क्षेत्रीको यो पुस्तक नेपाली खेलकुदका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा क्रिएटिभ बुक्सले लिएको छ ।
विमोचन समारोहका तस्बिरहरु :
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]