default_image

6 years ago

January 4, 2019

पन्त र पुजाराको उत्कृष्ट शतकसँगै भारत बलियो

79 views

0 Bookmark

एजेन्सी (सिड्नी) – चेतेश्वर पुजारा र युवा खेलाडी तथा विकेटकिपर ऋषव पन्तको सानदार शतकमा अष्ट्रेलियासँगको चौथो तथा निर्णायक टेस्टमा दोस्रो दिनको खेल सकिदा भारत बलियो अवस्थामा छ । भारत पहिलो इनिङसमा ५ सय ९८ रनले अघि छ ।

दोस्रो ३०३-४ को अवस्थाबाट खेल्न थालेको भारतले १६७.२ ओभरमा ६२२/७ को अवस्थामा पहिलो पाली समाप्त गर्यो । भारतका लागि युवा विकेटकीपर ऋषव पन्तले करियरकै उत्कृष्ट प्रर्दशन गरे । सानदार शतक प्रहार गरेका उनले १ सय ८९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ५९ मा अविजीत रहे । रविन्द्र जडेजा र पन्तले ७ औं विकेटका लागि २ सय ४ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई विशाल रन सम्म पुर्याएका हुन् । जडेजा ८१ रनमा आउट भएपछि भारतले पहिलो इनिङस समाप्तीको घोषणा गरेको थियो । जडेजाले ११४ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

आजै पहिलो इनिङस थालेको अष्ट्रेलियाले दोस्रो दिन मात्र १० ओभर खेल्दै २४ रन जोड्न कुनै विकेट गुमाएको छैन । सम्रगामा भारत भन्दा अष्ट्रेलिया ५ सय ९८ रनले पछि छ । अष्ट्रेलियाका लागि ओपनर मार्कस ह्यारिस १९ र उस्मान ख्वाजा ५ रनमा नट आउट छन् ।

त्यस अघि चेतेश्वर पुजारा दोहोरो शतक बनाउन मात्र ७ रनले चुक्न पुगे । १ सय ३० ओभरको अन्तिम बलमा नाथन लायनले आफैं क्याच लिँदै १ सय ९३ रनमा पेभिलिएन फर्काए । पुजाराले उक्त रन बनाउन ३ सय ७३ बलमा २२ चौका समावेश थियो । त्यस्तै युवा खेलाडी मयंक अग्रवालले, ७७,हनुमा विहारी ४२,कप्तान विराट कोहलीले २३,अजिंक्या रहाणे १८ र केएल राहुल ९ रनको योगदान दिए । अष्ट्रेलियाका लागि लाथन लायनले ४,जोश हेजलवुडले दुई र मिचेल स्टार्कले १ विकेट लिए ।

चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएको थियो । भारतले यो खेलमा जित वा ड्र गराए पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्ने छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.