6 years ago
January 3, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो वान डे खेलमा बिहीबार पाहुना टोली श्रीलंका ४५ रनले पराजित भएको छ । ३ सय ७२ रनको विशाल लक्ष्य पक्ष्याएको श्रीलंका ४९ ओभरमा सबै विकेट गुमाएर ३ सय २६ रनमा समेटियो । श्रीलंकाका लागि कुशल परेराले शतक प्रहार गरे पनि टोलीको हार टार्न सकेनन् ।
परेराले ८६ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १ सय २ रनमा आउट भए । निरोशन डिकवेलाले ५० बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७६,दनुष्का गुणतिलक ४३, कुशल मेन्डिस १८ र दिनेश चान्डिमलले १० रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । बलिङमा जेम्स निशमले ३, ट्रन्ट बोल्ट,ईश सोधी र लोकी फर्ग्यूसनले समान दुई विकेट लिदा म्याट हेनरीको नाममा १ विकेट रह्यो ।
त्यस अघि घरेलु मैदान माउन्ट मन्गनुईइमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ७१ रन बनाएको थियो । उस्का लागि ओपनर मार्टिन गुप्टिलले १३९ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै १३८ रन बनाए । अन्तिम तिर विश्फोटक ब्याटिङ गर्दै जेम्स निशमले मात्र १३ बलमा ६ छक्का प्रहार गरि ४७ रनमा नट आउट रहे ।
एक वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका जेम्स निशमले ४९ औ ओभरमा थिसारा परेरालाई लगातार पाँच छक्का प्रहार गरेका थिए । न्युजिल्यान्डका अन्य कप्तान केन विलियम्सनले ७६,रोस टेलर ५४,कोलिन मुनरो १३ र हेनरीक निकोलस १५ रन बटुले । श्रीलंकाका लागि कप्तान लाथिस मलिङ्गा, थिसारा परेरा र नुवान प्रदीपले समान दुई विकेट लिए। तीन वान डे सिरीजको दोस्रो खेल आगमी शनिबार हुने छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]