default_image

6 years ago

January 2, 2019

अष्ट्रेलियालाई साखको चिन्ता, भारतलाई नयाँ इतिहास !

101 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको चौथो तथा निर्णायक टेस्ट बिहिबारदेखि सिड्नीमा सुरु हुँदै छ । खेल नेपाली समय अनुसार विहान ५ : १५ बाट चल्ने छ । चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ ।

पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएपछि पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्ने भारतको आसा पलाएको हो । भारतले चौथो टेस्टमा जित वा ड्र गराए पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्ने छ । पराजित भए यस पटक पनि भारतको सपना अधुरै हुने छ । जुन इतिहास रच्न कप्तान विराट कोहली सहित अन्य खेलाडी आतुर देखिन्छन् ।

अहिले सम्म भारतसँग घरेलु मैदानमा टेस्ट सिरीज नगुमाएको अष्ट्रेलियाले आफ्नो ऐतिहासिक साख जोगाउन हर परयास गर्ने छ । साख जोगाउन अष्ट्रेलियाले चौथो टेस्टमा जित निकाल्नै पर्छ । जितको रणनीति सहित कप्तान टिम पेन र खेलाडी मैदान उत्रने छन् । दुवै टोली सन् २०१९ मा सुखद सुरुवात चाहान्छन् । सन् २०१८ मा चार दशक यताकै खराव प्रर्दशन गरेको अस्ट्रेलिया उक्त प्रर्दशनलाई भुलेर सन् २०१९ मा घरेलु मैदानबाट सुखद सुरुवात गर्न चाहान्छ ।

इतिहासमा अस्ट्रेलियन भूमिमा भारतको टेस्ट सिरीज:

सन् १९४७–४८ मा भारतले पहिलो पटक अस्ट्रेलिया भूमिमा टेस्ट सिरीज खेलको थियो । अस्ट्रेलिया भूमिमा १९६७–६८, १९७७–७८, १९९१–९२, १९९९–२००, २००७–०८ तथा २०१४–१५ को दौरानमा टेस्ट सिरीज भारतले हारेको थियो । १९८०–८१, १९८५–८६ र २००३–०४ मा भने सिरीज बराबरीमा सकिएको थियो ।

अस्ट्रेलिया यस पटक किन कमजोर ?

घरेलु र विदेश दुवै मैदानमा सधै हावी हुने अस्ट्रेलिया यस पटक कमजोर देखिएको छ । बल टेम्पिरिङ काण्डका कारण पुर्व कप्तान स्टिभ स्मिथ र डेविड वार्नरलाई १ वर्षे प्रतिबन्ध लागेपछि अस्ट्रेलिया ४० वर्षकै कमजोर हुन पुगेको हो । स्मिथ र वार्नर अस्ट्रेलियाका प्रमुख ब्याट्सम्यान थिए । यी दुई खेलाडीको प्रतिबन्ध हट्न अझै तीन महिना बाँकी छ ।

भारतीय टिम : विराट कोहली (कप्तान), मयंकअग्रवाल, हनुमा विहारी, लोकेश राहुल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, ऋषभ पन्त, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शमी, उमेश यादव र रविचन्द्रन अश्विन।

अस्ट्रेलिया टिम :
टिम पेन(कप्तान), मार्कस ह्यारिस, आरोन फिन्च, उस्मान ख्वाजा, ट्रविस हेड, शन मार्श, मिचेल मार्श, नाथन लायन, मिचेल स्टार्क, प्याट कमिन्स, जोश हेजलवुड, मार्नस लाबुशेन, पिटर हृयान्डस्कोम्ब र पिटर सिडल।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.