default_image

6 years ago

January 2, 2019

अफगानिस्तान सिधै विश्वकपमा, श्रीलंका र बंगलादेशले छनोट खेल्ने

106 views

0 Bookmark

एजेन्सी – टेस्ट राष्ट्रको मान्यता पाएको १८ महिना नबित्दै अफगानिस्तानले सन् २०२० मा हुने ट्वान्टी-२० विश्वकपको अन्तिम चरणमा स्थान पक्का गरेको छ । सन् २०१८ को अन्तिम टी-२० वरियतामा अफगानिस्तान शीर्ष ८ मा अटाएपछि टोलीले सिधै अन्तिम चरणमा स्थान बनाएको हो । नवौं स्थानमा रहेको श्रीलंका र दशौँ स्थानको बंगलादेशले भने छनोट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

अफगानिस्तान पहिलो पटक छनोट चरणमा नाखेल्दै विश्वकपका लागि छनोट भएको हो । सन् २०१८ मा खेलेका ७ मध्ये ७ नै खेलमा जित हात पारेपछि वरियतामा सुधार आएको हो । अफगानिस्तानले यस क्रममा बंगलादेशमाथि ३-० को व्हाइटवास पनि गरेको थियो । वरियताअंकमा अफगानिस्तानले श्रीलंकालाई ५ अंक र बंगलादेशलाई १५ अंकले पछाडी पारेको हो ।

अफगानिस्तानले सन् २०१० मा वेस्ट इन्डिजमा भएको विश्वकपमा छनोटको फाइनलमा आएरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । सन् २०१२ मा पनि छनोट भएको अफगानिस्तान सन् २०१४ मा भने छनोटमा बंगलादेश र नेपालभन्दा तल रहेको थियो । सन् २०१६ मा पनि अफगानिस्तानले वेस्ट इन्डिजलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । सन् २०२० को प्रतियोगितामा अफगानिस्तान सिधै छनोट हुँदा जिम्बाब्वे र आएरल्यान्डले भने ग्लोबल क्वालिफायर खेल्नेछन् ।

ग्लोबल क्वालिफायरमा सन् २०१६ को प्रदर्शनलाई आधार मानेर ४ एसोसिएट राष्ट्रलाई सिधै स्थान दिइएको छ । स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ र ओमानले ग्लोबल क्वालिफायरमा स्थान बनाएका छन् । अब क्षेत्रीय छनोटबाट ८ टोलीले यस ग्लोबल क्वालिफायरमा स्थान बनाउने छन् । कुल १४ टोली सहभागी रहने ग्लोबल क्वालिफायरबाट शीर्ष ६ टोलीले अष्ट्रेलियामा हुने पहिलो चरणमा श्रीलंका र बंगलादेशसँग खेल्नेछन् ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.