default_image

6 years ago

December 29, 2018

केसिटिसीको दशौं वार्षिकोत्सवको अवसरमा खेलाडी सम्मानित

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्लले सञ्चालन गरेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको दशौं वर्षको अवसरमा विभिन्न खेलाडीहरुलाई सम्मानित गरेको छ ।

केसीटिसीले शनिबार राजधानीमा एक कार्यक्रमबीच केसीटिसीबाट क्रिकेट करियर सुरु गरेका यु–१६, यु–१९, राष्ट्रिय टोली तथा महिला राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई सम्मानित गरेको थियो । त्यस्तै केसिटिसीले स्थापना देखि हालसम्म सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई पनि सोही अवसरमा सम्मान गरेको थियो । उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सञ्चालक ज्ञानेन्द्र मल्ल लगायतले सम्मानित गरे ।

केसीटिसीका सञ्चालक तथा नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो इच्छा नहुँदै स्थापना भएको केसीटिसीको दशौं  वर्षमा प्रवेश गरेको खुशीयाली मनाउन पाउँदा गर्वको विषय रहेको बताए । ‘केसीटिसी सञ्चालन गर्ने मेरो इच्छा थिएन । फाउन्डर चियरम्यान रवि दाईको चाहनामा केसीटिसी स्थापना भएको हो । वहाँलाई आफ्नो छोरालाई क्रिकेटर बनाउने चाहना रहेछ,’ सञ्चालक मल्लले भने, ‘उहाँले पछि आफ्नै लागि पनि राम्रो हुन्छ, स्थापना गर्दा केही फरक पर्दैन भन्नुभएको थियो । त्यसैले स्थापना गर्ने जमर्काे गरेका थियौं । अहिले १० वर्षमा प्रवेश गरेको छ । कति छिट्टै १० वर्ष पुगे जस्तो लाग्छ ।’

काठमाडौंमा क्रिकेट कल्चर नभएको अवस्थामा केसीटिसीको स्थापनाले विस्तारै क्रिकेट कल्चर बसाएको बताए । ‘केसीटिसीबाट धेरै राम्रा खेलाडीहरु उत्पादन भएको छ । ८–१० जना राष्ट्रिय टिमबाटै प्रतिनिधित्व गर्न सक्ने प्रतिभावान खेलाडीहरु छन्,’ मल्लले भने, ‘यो सुरुवात हो । गर्न धेरै बाँकी छ । क्रिकेट कल्चर नभएको अवस्थामा केसीटिसीले क्रिकेट खेल्न र सिक्न चाहनेलाई प्लेटफर्म दिएको छ ।’

मल्लले सुरुको ५ वर्ष केसीटिसी चलाउन निकै गाह्रो भएर बन्द हुने अवस्थामा पुगेपनि पछिल्लो समय सञ्चालन गर्न सहज हुदै गएको बताए । ‘सुरुवात चुनौतीपूर्ण रहेको थियो । अहिले राम्रो हुदै आएको छ । क्रिकेटमा कन्ट्रिब्युसन गर्न पाएको छु । यसमै खुशी छु,’ ज्ञानेन्द्रले भने, ‘१० वर्षको अवधिमा १ हजार भन्दा बढिले यहाँबाट केही न केही सिकेर गएका छन् । अहिले सेसन अनुसार हुदा १ सय भन्दा बढी नियमित प्रशिक्षण गरिहेका छन् ।’ उनले केसीटिसीको विस्तारै एकेडेमीको अवधारणमा जाने लक्ष्य रहको योजना सुनाए ।

केसिटिसीका संचालक ज्ञानेन्द्र मल्ल र ललितपुरका मेयर चिरिबाबु महर्जन

March 29, 2025

ललितले जिते २ वटामोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]

March 29, 2025

ललित पिएम कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]

March 29, 2025

नेपाली युवा टोलीद्वारा सिरिज क्लिन स्विप

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]

Success

Thank you for your time.