6 years ago
December 28, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन खेल सकिँदा भारत बलियो अवस्थामा छ । शुक्रबार तेस्रो दिनको खेल सकिदा भारतले ३ सय ४६ रनको अग्रता लिएको छ । यद्यपी दोस्रो इनिङ्मा भारत खराव अवस्थामा पुगेको छ ।
तेस्रो दिन २७ ओभरमा ५४ रन जोड्न भारतले आफ्ना प्रमुख ५ ब्याट्सम्यान गुमाएको छ । क्रिजमा मयांक अग्रवाल २८ र ऋषव पन्त ६ रनमा छन् । हनुमा विहारी १३, अजिंक्या रहाणे १, रोहित शर्मा ५ रनमा आउट हुँदा कप्तान विराट कोहली र चेतेश्वर पुजारा डक आउट भए ।
अष्ट्रेलियालाई खेलमा फर्काउन प्याट कमिन्सले १५ ओभरको दोस्रो बलमा चेतेश्वर पुजारा र अन्तिम बलमा कप्तान विराट कोहलीलाई मार्कस हृयारिसको क्याच गराउदै खाता सम्म खोल्न दिएनन् । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ४ र जोश हेजलवुडले एक विकेट लिए । कमिन्सले ६ ओभरमा २ मेडन सहित मात्र १० रन खर्चे ।
तेस्रो दिन ८ रन बाट खेल्न सुरु गरेको अष्ट्रेलिया ६६.५ ओभरमा अल आउट हुदैँ १ सय ५१ रनमा समेटिदा पहिलो इनिङसमा २ सय ९२ रनले पछि परेको थियो । अष्ट्रेलियाका लागि ओपनर मार्कस ह्यारिस र कप्तान टिम पेनले समान २२ रन बनाउँदा उस्मान खवाजा २१,शन मार्श १९, ट्रविस हेड २० र प्याट कमिन्सले १७ रन जोड्न सके ।
अन्य बाट्सम्यानको ब्याटबाट सम्झन योग्य रन निस्कन सकेन । अष्ट्रेलियालाई सस्तैमा रोक्न भारतका तीब्र गतिका बलर जसप्रित बुमराहले घातक बलिङ गरे । बुमराहले १५.५ ओभरमा ४ मेडन सहित ३३ रन खर्चेर ६ विकेट लिए । रविन्द्र जडेजा २, मोहम्मद शामी र इसान्त शर्माको नाममा पनि समान एक विकेट रह्यो।
त्यस अघि भारतले विहीबार १६९.४ ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४३ रनमा इनिङ्स समाप्तीको घोषणा गरेको थियो । भारतका लागि चेतेश्वर पुजाराले शतक, मंयाक अग्रवाल,विराट कोहली र रोहित शर्माले अर्ध शतकको योगदान दिएका थिए ।करियरको १७ औँ शतक पुरा गरेका पुजाराले ३ सय १९ बलमा १० चौका प्रहार गर्दै १०६ रन बटुले ।
पुजारालाई १२५.४ ओभरमा प्याट कमिन्सले बोल्ड गरेका थिए । विराट कोहलीले २०४ बलमा ९ चौका प्रहार गर्दै ८२ रन बनाए । रोहित शर्मा ६३ रनमा नट रहँदा ऋषव पन्त ३९,अजिंक्या रहाणे ३४ र रविन्द्र जडेजा ४ रनमा आउट हुन पुगे ।
पहिलो दिन ओपनर मंयाक अग्रवालले ७६ र हनुमावा विराहीले ८ रन बनाएका थिए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ३,मिचेल स्टार्क २,लाथन लायन र जोश हेजलवुडले समान एक विकेट लिए । चार टेस्टको श्रृंखलामा पहिलो खेलमा भारत ३१ रनले विजयी हुँदा दोस्रो खेलमा १ सय ४६ रनले पराजित भएको थियो ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]