default_image

6 years ago

December 28, 2018

ओडीआईमा सर्वाधिक विकेट लिने नेपालका तीन खेलाडी

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर गत मार्च १५ मा चार वर्षको लागि वान डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो ।

अगस्ट १ मा नेदरल्यान्डसँग ओडीआई डेब्यू गरेको नेपालले हालसम्म ३ खेल मात्र खेलेको छ । नेदरल्यान्डसँग २ र युएईसँग १ ओडीआई म्याच खेलिसकेकोछ । त्यस्तै जनवरी २५ देखी २८ सम्म यूएईसँग ३ वान डे खेल उसैको घरेलु मैदानमा खेल्ने छ । नेपाली टोलीको बलिङ एसोसियट राष्ट्रकै उत्कृष्टमा पर्ने गर्छ भने टेस्ट राष्ट्रलाई पनि टक्कर दिंदै आएको छ । अर्थात नेपालको जितको मुख्य हतियारनै बलिङ हो ।

बलिङलेनै थुप्रै हारको नजिक पुगेको नेपाली टोलीलाई जितको स्वाद चखाएको छ । नेपालले ओडीआई मान्यता पाएको छोटो समयमै केहि बलरहरुले आफ्नो स्तर देखाइसकेका छन् । हेर्नुहोस ओडीआईमा नेपालका लागि सर्वाधिक विकेट लिने शीर्ष ३ खेलाडी :

सन्दीप लामिछाने:

लेग स्पिनर सन्दीप ओडीआई क्रिकेटमा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी हुन् । नेपाललाई ओडीआई दिलाउन सन्दीपको प्रर्दशन महत्वपूर्ण रहेको छ । उनले ३ ओडीआई १ सय ७ रन खर्चदै ८ विकेट लिएका छन् । नेदरल्यान्डसँग डेब्यू खेलमा १ र दोस्रोमा ३ विकेट लिएका सन्दीपले युएईबीरुद्ध ४ विकेट लिदै ओडीआई करियरमै उत्कृष्ट प्रर्दशन गरे ।

सोमपाल कामी:

तीब्र गतिका बलर सोमपाल सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । उनले ३ ओडीआई ६ विकेट लिएका छन् । ४.६३ को इकोनमिमा रन खर्चदै ३ /३४ उत्कृष्ट प्रर्दशन गरेका छन् । नेदरल्यान्डसँग डेब्यू खेलमै ३ विकेट लिएका सोमपालले दोस्रोमा १ र युएईसँग २ विकेट लिएका थिए ।

पारस खड्का:

पारस ब्याटिङमा मात्र होइन बलिङमा पनि चम्किने गर्दछन् । तेस्रो स्थानमा रहेका कप्तान पारसले ३ ओडीआई ५ विकेट लिएका छन् । पारसले ३.७७ को इकोनमिमा रन खर्चेर वेस्ट प्रर्दशन ४/२६ रहेको छ । पारसले नेदरल्यान्डबीरुद्ध डेब्यू खेलमै ४ विकेट लिए । दोस्रोमा १ र युएबीरुद्ध भने विकेट लिन सकेनन् ।

यो पनि पढ्नुहोस्:

ओडीआईमा सर्वाधिक रन बनाउने नेपालका तीन खेलाडी

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.