6 years ago
December 27, 2018
एजेन्सी – चेतेश्वर पुजाराको शतक र अन्य ब्याट्सम्यानको औसत प्रर्दशनमा अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो दिनको खेल सकिँदा भारत बलियो अवस्थामा रहेको छ ।
दोस्रो दिन अन्तिम ६ ओभर ब्याटिङ गरेको अष्ट्रेलियाले विकेट नगुमाएर ८ रन जोडेको छ । अष्ट्रेलिया पहिलो इनिङ्समा अझैँ ४ सय ३५ रनलेपछि छ । अष्ट्रेलियाकालागि ओपनर आरोन फिन्च ३ र मार्कस हृयारिस ५ रनमा नट आउट छन् ।
त्यस अघि २ सय १५ रन बनाउन दुई विकेट गुमाएको अवस्थाबाट दोस्रो दिन थालेको भारतले विहीबार १६९.४ ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४३ रनमा इनिङ्स समाप्तीको घोषणा गर्यो । भारतलाई विशाल योगफल बनाउन चेतेश्वर पुजाराले शतक, मंयाक अग्रवाल,विराट कोहली र रोहित शर्माले अर्ध शतक प्रहार गरे ।
करियरको १७ औँ शतक पुरा गरेका पुजाराले ३ सय १९ बलमा १० चौका प्रहार गर्दै १०६ रन बटुले । पुजारालाई १२५.४ ओभरमा प्याट कमिन्सले बोल्ड गरेका थिए । विराट कोहलीले २०४ बलमा ९ चौका प्रहार गर्दै ८२ रन बनाए । रोहित शर्मा ६३ रनमा नट रहँदा ऋषव पन्त ३९,अजिंक्या रहाणे ३४ र रविन्द्र जडेजा ४ रनमा आउट हुन पुगे ।
पहिलो दिन ओपनर मंयाक अग्रवालले ७६ र हनुमावा विराहीले ८ रन बनाएका थिए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ३,मिचेल स्टार्क २,लाथन लायन र जोश हेजलवुडले समान एक विकेट लिए । चार टेस्टको श्रृंखलामा पहिलो खेलमा भारत ३१ रनले विजयी हुँदा दोस्रो खेलमा १ सय ४६ रनले पराजित भएको थियो ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]