default_image

6 years ago

December 27, 2018

सन्दीप र ह्यान्ड्सकम्बको प्रदर्शनमा मेलबर्नको पहिलो जित

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछाने र ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्बको उत्कृष्ट प्रदर्शनमा मेलवर्न स्टार्सले विग ब्यास लिगमा पहिलो जित निकालेको छ ।

बिहीबार सिड्नी सिक्सर्सलाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो । १ सय ३१ रनको लक्ष्य पक्ष्याएको मेलबर्नले पिटर हृयान्डस्कम्बको अर्धशतकमा १४.५ ओभरमा ५ विकेटको क्षतिमा सहजै पुरा गर्यो । मेलवर्नलाई सहज जिताउन ह्यान्ड्सकम्बले ३५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ७० रन बनाए ।

कप्तान ग्लेन म्याक्सवेल ८, मार्कस स्टोइनिस १०, निक लार्किनले २० र ड्वेन ब्राभ्रो ९ रनको योगदान दिए । सिक्सर्सका बेन ड्वार्सियसले ३ र स्टिभ ओ’कीफले दुई विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले सन्दीप लामिछानेको घातक बलिङमा २० ओभरमा ९ विकेट गुमाउँदै  १ सय ३० रनमा समेटिएको थियो । सिड्नीका सन एबोट २२, जोर्डन सिल्क ४१, ड्यानियल ह्युज्स २० र जो डेनलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । मेलवर्नका लागि ज्याक्स कोलमनले ३, सन्दीप लामिछाने र ड्वेन ब्राभ्रोले समान दुई विकेट लिए । त्यस्तै एडम जम्पा र ग्लेन म्यासवेलको नाममा पनि समान एक विकेट रह्यो । सन्दीपले ४ ओभरमा १८ रन खर्चिएका थिए ।

पहिलो खेलमा सिड्नी थन्डरसँग १५ रनले पराजित भएको मेलवर्न दोस्रो खेलमा होबार्ट हरिकेन्ससँग ६ विकेटले पराजित भएको थियो । सन्दीपको टिम मेलवर्नले मंगलबार मेलबर्न रेनेगेड्ससँग खेल्नेछ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.