default_image

6 years ago

December 26, 2018

भारत विशाल योगफल तर्फ अग्रसर

75 views

0 Bookmark

एजेन्सी – मेलबर्नमा बुधबारबाट सुरु भएको अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो दिनको खेल सकिँदा भारत विशाल योगफल तर्फ लम्केको छ ।

पहिलो दिनको खेल सकिँदा भारतले ८९ ओभरमा २ सय १५ रन बनाउँदै दुई विकेट मात्र गुमाएको छ । भारतका चेतेश्वर पुजारा ६८ र कप्तान विराट कोहली ४७ रनमा नट आउट छन् । पुजारा २ सय बलमा ६ चौका प्रहार गरेका छन् । कोहली र पुजाराले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गरि सकेका छन् ।

त्यसअघि डेब्यू गरेका मयंक अग्रवालले सानदार ब्याटिङ गरे । ५५ औं ओभरमा प्याट कमिन्सले टिम पेनको हातबाट क्याच गराउनु अघि अग्रवालले ७६ रन जोडेका थिए । उनले १ सय ६१ बलमा ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर हनुमा विहारी ६६ बलमा ८ रन बनाउदै आउट भए । विहारी र अग्रवालले पहिलो विकेटका लागि १९ ओभरमा ४० रन साझेदारी गरेका थिए ।

अष्ट्रेलियाका लागि प्याट कमिन्सले २ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । यस अघि पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रो खेलमा १ सय ४६ रनले पराजित भएको थियो । चार टेस्टको श्रृंखला १ – १ को बराबरीमा  रहेको छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.