6 years ago
December 25, 2018
एजेन्सी – भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट बुधबार देखी मेलबर्नमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार विहान ५ :१५ बाट चल्ने छ ।
पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रो टेस्टमा १ सय ४६ रनले पराजित भएको थियो । चार टेस्टको श्रृंखला १-१ को अवस्थामा छ । अष्ट्रेलियाबाट ७ वर्षिय वालक आर्ची शिलर पनि खेल्दै छन्, जसको कारण तेस्रो टेस्टलाई झनै महत्वका साथ हेरिएको छ । मुटुका रोगि शिलरले आफ्नो इच्छा विराट कोहलीलाई आउट गर्ने बताएपछि कप्तान टिम पेनले उनको इच्छा पुरा गर्न मौका दिन लागेका हुन् ।
तेस्रो टेस्टमा अष्ट्रेलिया जित निकाल्दै श्रृंखला बचाउन चाहान्छ । अष्ट्रेलियाले घरेलु मैदानमा अहिले सम्म भारतसँग टेस्ट सिरीज हारेको छैन । यता पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्टसिरीज जित्ने लक्ष्य सहित भ्रमणमा निस्केको भारतले साचे भन्दा खराव प्रर्दशन गरेको छ । बल टेम्परिङ काण्डका कारण प्रमुख खेलाडी स्टिभ स्मिथ र डेविड वार्नर नहुँदा यस पटक भारतलाई अष्ट्रेलियन भूमिमा केहि सहज हुने अनुमान गरिएपनि त्यसको विपरीत भएको छ । स्मिथ र वार्नर विनै अष्ट्रेलियाले घरेलु मैदानमा उत्कृष्ट प्रर्दशन गरि रहेको छ ।
भारतलाई चिन्ता ब्याटिङकै
अष्ट्रेलियामा भारतलाई ब्याटिङको चिन्ता बढेको छ । भारतले तेस्रो टेस्टमा नयाँ ओपनर उतार्ने छ । पहिलो र दोस्रो टेस्टमा केएल राहुल र मुरली विजयीले निराशा जनक प्रर्दशन गरेपछि तेस्रो टेस्टमा भारतले मयंक अग्रवाल र हनुमा विराहीलाई ओपनर उतार्दै छ । मयंयले डेब्यू गर्ने छन् भने विहारीले पहिलो पटक ओपनिङ गर्दै छन् ।
जसको फाइदा अष्ट्रेलियाका बलरले उठाउने छन् । रविन्द्र जडेजा र रोहित शर्मा पनि तेस्रो टेस्टमा कमब्याक गरेका छन् । विराट कोहली, अजिंका रहाणे र चेतेश्वर पुजारा बाहेक भारतका अन्य कुनै पनि ब्याट्सम्यानले जारी टेस्टमा अस्टे«लियाबीरुद्ध लामो इनिङ खेल्न सकेका छैनन् । भारतको ब्याटिङ विराट,रहाणे र पुजारामा मात्र निर्भर रहेको कारण तेस्रो टेस्टमा भारतलाई सबै भन्दा बढि ब्याटिङकै चिन्ता रहेको छ ।
अष्ट्रेलियालाई इतिहास बचाउन चिन्ता
यस पटक वार्नर र स्मिथ नहुँदा भारतसँग अष्ट्रेलियाले फराकिलो हारसँगै पहिलो पटक टेस्ट सिरीज गुमाउने धेरैले अनुमान गरेका थिए । तर सुरुवाती दुई टेस्टमा त्यसो हुन सकेन । नाथन लायन मिचेल स्टाक, जोश हेजलवुडले चल्दा भारत दोस्रो टेस्टमा फराकिलो अन्तरले पराजित हुन पुग्यो । अस्टेलियाले तेस्रो टेस्टमा एक मात्र खेलाडी परिवर्तन गरेको छ । पिटर ह्यान्डस्कोम्बको स्थानमा मिचेल मार्शलाई लिएको छ । भारतसँग आफ्नो भूमिमा टेस्ट सिरीज नगुमाएको अष्ट्रेलियाले तेस्रो टेस्मा जित निकाल्दै इतिहास बलियो बचाउन चाहान्छ ।
भारतीय टोली :
कप्तानविराट कोहली, मयंक अग्रवाल, हनुमा विहारी, अजिंक्या रहाणे, चेतेश्वर पुजारा, रोहित शर्मा, ऋषभ पन्त (विकेटकीपर), रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शमी र ईशान्त शर्मा
अष्ट्रेलिया टोली :
टिमपेन (कप्तान तथा विकेटकीपर) , आरोन फिन्च, मार्कस ह्यारिस, उस्मान ख्वाजा, शन मार्श, ट्रविस हेड, मिशेल मार्श, प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन र जोश हेजलवुड
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]