6 years ago
December 23, 2018
एजेन्सी – भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट मेलवर्नमा आगमी २६ डिसेम्बर देखी सुरु हुँदैछ । पहिलो टेस्ट भारतले ३१ रनले जित्दा दोस्रो खेलमा १ सय ४६ रनले पराजित भएको थियो ।
भारतसँग हुने तेस्रो टेस्ट अघि अस्ट्रेलियाले आफ्नो १४ सदस्य खेलाडी घोषणा गरेको छ । जस्मा ७ वर्षिय आर्ची शिलर टोलीमा रहेका छन् । कप्तान टिम पेनले आर्ची सह– कप्तान हुने बताएका छन् । पछिल्लो केहि दिन आर्चीले अस्ट्रेलिया क्रिकेट टिमसँग अभ्यास गरि रहेका छन् । आर्चीले अभ्यास गरि रहेको एक भिडियो क्रिकेट अस्ट्रेलियाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।
पछिल्लो डिसेम्बरमा आर्चीको परिवार उनको मुटुको तेस्रो पटक शल्यक्रिया गराउन मेलबर्न आएको थियो। जस्मा चिकित्सकले सो शल्यक्रियाको परिणाम जस्तोपनि हुन सक्ने बताएका थिए। त्यसकै केहि दिनपछि आर्चीका बुबाले उनलाई आफ्नो इच्छा सोधपुछ गर्दा उनले अष्ट्रेलियन टोलीको कप्तानी गर्दै भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आउट गर्ने रहेको बताएका थिए । आर्चीको सो प्रतिक्रियापछि अष्ट्रेलियन क्रिकेट बोर्डले उनको चाहना पुरा गर्ने मौका दिएको हो।
विराट कोहली र टिम पेनले आर्चीसँगै फोटो खिचाएका छन् । आर्ची अस्ट्रेलियाई स्पिनर नाथन लायनका ठूलो फ्यान पनि हुन् । शनिवार आफ्नो सातौँ जन्मदिन मनाएका सिलरलाई कप्तान टिम पेनले जन्मोत्सवककै समयमा तेस्रो टेस्टमा भारतविरुद्ध खेल्ने बताएका थिए ।
Watch out Nathan Lyon, Archie’s coming for your spot!
MORE: https://t.co/zOHu6KpvYE pic.twitter.com/PEgW1qSITd
— cricket.com.au (@cricketcomau) December 23, 2018
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]