6 years ago
December 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ ।
ललितपुरले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले ९ विकेट गुमाउँदै १ सय ४१ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि भैरहवालाई १७ रन आवश्यक परेको अवस्थामा योगेन्द्रसिंह कार्कीले २ रनमात्र दिए । यो जितसँगै ललितपुरले २५ लाख पाएको छ भने भैरहवाले १० लाखमा चित्त बुझाएको छ ।
भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । प्रदीपलाई छैटौं ओभरको अन्तिम बलमा योगेन्द्रसिंह कार्कीले कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका थिए । रविइन्दर सिंहले ३२ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २९ रन बनाए । भैरहवाका अन्य शरद भेषवाकर र रायन टेन डेस्काटेले समान १४ रन बनाउदा आरिफ शेखले १२ रन बटुले । मोहम्मद नविदले १० रन बनाए ।
अन्तिम तिर भैरहवाका रोहित कुमार पौडेले ७ र कुशल मल्लले १६ रन बनाएपनि टोलीको झिनो हार टार्न सकेनन् । ललितपुरको जितमा पवन सर्राफ र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले ४ ओभरमा मात्र १७ रन खर्चेर ३ विकेट लिए । पवनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । योगेन्द्र सिंह कार्कीको नाममा पनि २ विकेट रह्यो ।
जयकिशन कोल्सवाला
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको ललितपुरले ओपनर जय किशन कोल्सावालाको अर्धशतकमा १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । कोल्सावालाले ५२ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५७ रनमा आउट भए । कोल्सावालालाई १८ औं ओभरको पाँचौ बलमा कृष्ण कार्कीले बोल्ड आउट गरेका थिए । ओपनर गौरभ तोमर र जयकिशन कोल्सावालाले ५ ओभर भित्र ४१ रनको साझेदारी गर्दै ललितपुरलाई राम्रो सूरुवात दिलाए ।
छैटौं ओभरको पहिलो बलमा रायन टेन डोस्काटेले तोमरलाई २३ रनमा आउट गदै भैरहवालाई पहिलो सफलता दिलाएका थिए । रविइन्दर सिंहको हातबाट क्याच हुनु अघि तोमरले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । आठौं ओभरको चौथो बलमा शरद भेषवाकरले कुशल मल्लको हातबाट क्याच गराउदै ज्ञानेन्द्र मल्ललाई १० रनमा पेभिलिएनको बाटो देखाए । चौथो विकेटका लागि कोल्सावालाले सन्दीप जोरासँग ३९ रनको साझेदारी गर्दै विशला रनतर्फ लगे ।
सन्दीप जोरालाई १३.४ ओभरमा भुवन कार्कीले अभिनाश बोहराको हातबाट क्याच गराउदै २४ रनमा आउट गरे । जोराले ११ बलमा २ छक्का र १ चौका प्रहार गरे । १६ औं ओभरको चौथो बलमा कृष्ण कार्कीले रविइन्दर सिंहको हातबाट सन्नी पटेललाई १ रनमा आउट गरेपछि भैरहवा खेलमा फर्किएको थियो ।
कोल्सावाला बाहेक ललितपुरका अन्य ब्याट्सम्यान राम्रो प्रर्दशन गर्न सकेनन् । ललितपुरका अन्य कुशल भुर्तेल ११, पवन सरार्फ ५, सनु तामाङ र योगेन्द्र सिंह कार्कीले समान ३ रन बनाउदा राशिद खान र ललित नारायण राजवंशीले खाता सम्म खोल्न सकेनन् ।
भैरहवाका लागि कृष्ण कार्कीले कसिलो बलिङ गरे । कार्कीले २ ओभरका १५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मोहम्मद नविद र रायन टेन डेस्काटेले समान दुई लिदा शरद भेषवाकर र भुवन कार्कीको नाममा पनि १ विकेट रह्यो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]