default_image

6 years ago

December 21, 2018

यी हुन् ईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको उपाधिको लागि शनिबार भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन् ।

ललितपुरले पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई एक विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भैरहवाले एलिमिनेटरमा चितवनलाई ४ र क्वालिफायरमा काठमाडौंलाई ६ विकेटले हराउँदै ललितपुरसँगको भेट पक्का गर्यो । पोखरा राइनोज र विराटनगर वारीयर्स समुह चरणबाटै बाहिरीए । चितवन टाइगर्स र काठमाडौं किंग्स इलाभेनको यात्रा प्ले अफबाट सकियो ।

बलिङ नेपाली क्रिकेट टिमको प्रमुख हतियार हो । उमेर समुह देखी राष्ट्रिय टोलीको जितको मुख्य आधार बलिङ्ग नै मान्ने गरिन्छ । ब्याटिङको कारण नेपालले थुप्रै अवसर गुमाउदा बलिङ्गले गर्दा ठूला सफलता हात पारेको छ । अन्तर्राष्ट्रिय स्तरमा मात्र नभएर घरेलु प्रतियोगितामा पनि नेपाली बलरनै हावी हुँदै आएका छन् । यस पटक भने त्यसो हुन सकेन । यस पटक प्रतियोगितामा नेपाली भन्दा विदेशी बलरनै हावी देखिएका छन् । सर्वाधिक विकेट लिने शिर्ष ५ खेलाडी भित्र ३ विदेशी बलर छन् ।

ईपीएलमा सर्वाधिक विकेट लिने ५ खेलाडी

मोहम्मद नविद, भैरहवा ग्ल्याडीयटर्स

मोहमद नविद

यूईका तीब्र गतिका बलर नविद जारी ईपीएलमा सार्वधिक विकेट लिने बलर हुन् । ५ खेलमा ५.२१ को इकोनमिमा रन खर्चेर नविदले १० विकेट लिएका छन् । नविदले कुल १९ ओभर बलिङ गर्दा ९९ रन खर्चेका छन् । नविदले काठमाडौंसँग क्वालिफायर खेलमा २, चितवनविरुद्ध एलिमिनेटर खेलमा ३, ललितपुरसँगको खेलमा १ र विराटनगरविरुद्ध ४ विकेट लिए ।

प्रदीप साहु, काठमाडौं किंग्स इलेभेन

काठमाडौं किंग्स एलेभेन

काठमाडौंका अलराउण्डर प्रदीप साहु भारतीय हुन् । आईपीएलको अनुभव समेत बोकेका साहुले जारी इपीएलका ६ खेलमा २२ ओभर बलिङ गर्दै ४.७२ को इकोनमीमा कुल १ सय ४ रन खर्चेर १० विकेट लिएका छन् । साहुले ललितपुरसँग क्वालिफायरमा ३ र विराटनरविरुद्ध २ विकेट हात पारे । त्यस्तै साहुले चितवनसँगको खेलमा ३, भैरहवासँग क्वालिफायरमा र समुह चरणको खेलमा समान १ विकेट लिन सफल रहे ।

सन्नी पटेल, ललितपुर प्याट्रीयट्स

ललितपुर प्याट्रीयट्स

भारतीय अलराउण्डर पटेल ललितपुरका महत्वपूर्ण खेलाडी हुन् । पटेलले ६ खेलमा २३ ओभर बलिङ गर्दै ४.९५ को इकोनमिमा १ सय १४ रन खर्चेर १० विकेट लिएका छन् । भैरहवाविरुद्ध एक्लै ५ विकेट लिएका पटेलले काठमाडौंसँगको क्वालिफायर खेलमा २ विकेट लिए । उनले काठमाडौंसँग समुह चरणको खेलमा १ र चितवनविरुद्ध दुई विकेट आफ्नो नाममा लेखाए ।

ललितसिंह भण्डारी, चितवन टाइगर्स

चितवन टाइगर्स

नेपाली राष्ट्रिय टिमका तीव्र गतिका बलर ललितसिंह भण्डारी जारी इपीएलमा सर्वाधिक विकेट लिने चौथो खेलाडी हुन् । चितवनबाट खेलेका ललितले ६ खेलमा २१.१ ओभर बलिङ गर्दा ८.०३ को इकोनमिमा कुल १ सय ७० रन खर्चेर १० विकेट आफ्नो नाममा राखेका छन् । उनले विराटनगरविरुद्ध ४, भैरहवाविरुद्ध एलिमिनेटर र समुह चरणमा समान एक-एक विकेट लिए । त्यस्तै पोखरासँगको खेलमा २ र काठमाडौं र ललितपुरबीरुद्ध पनि समान एक विकेट भण्डारीको नाममा रहयो ।

पवन सर्राफ, ललितपुर प्याट्रीयट्स

पवन सर्राफ

पवन सर्राफ इपिएलमा ललितपुरबाट खेलिरहेका छन् । ५ खेलमा ६.६१ कोे औसतमा रन खर्चेर ९ विकेट लिएका पवनले १८ ओभर बलिङ गर्दा १ सय १९ रन खर्चेका छन् । काठमाडौंसँग समुह चरण र क्वालिफायर तथा पोखरासँगको खेलमा समान तीन विकेट लिएका पवनले अन्य खेलमा भने विकेट लिन सकेनन् ।

यो पनि पढ्नुहोस्:

सर्वाधिक रन बटुल्ने शीर्ष ५ ब्याट्सम्यान

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

Success

Thank you for your time.