default_image

6 years ago

December 21, 2018

बिग ब्यासमा डेब्युमै सन्दीपलाई दुई विकेट

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिगको डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले सिड्नी थन्डरविरुद्ध दुई विकेट लिए ।

सन्दीपले सिड्नीविरुद्ध आठौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका थिए । उनले दोस्रो बलमा नै विपक्षी कप्तान सेन वाटसनलाई लङ अन बाउन्ड्री नजिक क्याच आउट गराए । उनले त्यसको दुई बलमा नै क्यलम फर्गासनलाई आफैं क्याच गर्दै दोस्रो विकेट हात पारे । उनले पहिलो ओभरमा ३ रनमात्र खर्चे ।

दोस्रो ओभरमा सन्दीपले ६ रन खर्चे । तेस्रो ओभरको अन्तिम बलमा जेसन संघाले छक्का प्रहार गरेपछि सन्दीपले त्यस ओभरमा १३ रन दिए । चौथो ओभरको पहिलो बलमा पनि संघाले सन्दीपको बलमा छक्का प्रहार गरे । संघाले तेस्रो बलमा गरेको प्रहर टप एज लाग्दै छक्का भयो । उनले त्यस ओभरमा १४ रन दिए ।

सन्दीपले ४ ओभरमा २ विकेट लिंदै ३६ रन खर्चिए । सन्दीपले १४ ओभर हुँदा नै आफ्नो ४ ओभरको कोटा पुरा गरे । थन्डरले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन जोडेको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.