default_image

6 years ago

December 21, 2018

क्रिकेटर सागर पुनको शल्यक्रिया; लामो समय मैदानबाहिर रहने

150 views

0 Bookmark

काठमाडौं – नेपाली क्रिकेट टिमका अलराउण्डर सागर पुन चोटका कारण कम्तिमा ४ महिना मैदान बाहिर रहने भएका छन् ।

बुधबार एभरेष्ट प्रिमियर लिग (र्इपीएल) मा ललितपुरसँग कालिफायर खेलको दौरानमा सागरको दाइने खुट्टाको एंकलमा समस्या देखिएपछि मैदान छाडेका थिए । सागरलाई बिहिवार मेडिसिटी हस्पीटलमा भर्ना गरिएको र डाक्टरको सल्लाह अनुसार खुट्टाको अप्रेशन गरेको सागरका बुवा कुलेन्द्रले हाम्रो खेलकुदलाई जानकारी दिए ।

सागरको बुबाका अनुसार सागरको विहिवार (हिजो) १० : ३० मा दायाँ खुट्टाको अप्रेशन गरिएको थियो । साथै सागर सोमबारभित्र अस्पतालबाट डिसचार्ज हुने छन् । एक महिनापछि पुन: डाक्टरलाई देखाएपछि मात्र सागर कति महिनापछि खेलमा फर्किन सक्ने भन्ने थाहा सागरका बुबाले जानकारी दिए । सागरका बुबाले हाम्रो खेलकुदलाई दिएको जानकारी अनुसार कम्तिमा पनि सागर ४ महिना मैदान बाहिर रहने छन् ।

काठमाडौँ र ललितपुरबीचको क्वालिफायरमा बुधबार सागर १६ औ ओभरमा बलिङ गर्न आएका थिए । १६ औँ ओभरको पाँचौ बल गर्ने क्रममा सागरको खुट्टामा समस्या देखिएको थियो र सागरको बाँकी दुई बल जितेन्द्र मुखियाले गरेका थिए । उक्त खेलमा काठमाडौंलाई १ विकेटले हराउँदै ललितपुर फाइनलमा पुगेको थियो ।

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

Success

Thank you for your time.