6 years ago
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित अस्ट्रेलियाको विग ब्यास लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ । सन्दीपको टिम मेलबर्न स्टार्सले सिड्नी थन्डरविरुद्ध खेल्दै लिगमा सुरुवात गर्ने छ ।
मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट क्यानबेरामा सुरु हुने छ । सन्दीपले पहिलो खेलमै डेब्यू गर्ने उच्च संभावना छ । मेलबर्नको विदेशी खेलाडीमा वेष्ट इन्डिजका ड्यान ब्राभोसँगै सन्दीप लामिछाने मात्रै रहेका छन् । विग ब्यासमा दुई जना विदेशी खेलाडी खेल्न पाउने नियम छ । त्यसैले सन्दीप खेल्ने पक्का पक्की जस्तै देखिन्छ ।
सन्दीपले डेब्यू गरे उनको सपना पुरा हुने छ । सन्दीपले आईपीएल खेल्नुअघि पुर्व कप्तान तथा स्टार खेलाडी माइकल क्लार्कको एकेडेमीमा प्रशिक्षण गरेका थिए । सन्दीप र क्लार्क फेसबुमा लाइभ आउदा आईपीएल भन्दा पहिलो आफ्नो सपना विग ब्यास खेल्ने बताएका थिए ।
यता मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले पनि सन्दीपको खुलेर तारिफ गरेका छन् ।‘सन्दीप अहिले नै ठूलो स्टार भन्न मिल्दैन, तर उनले समयसँगै क्षमता निखार्दै लगेका छन्’ म्याक्सवेलले फक्सस्पोर्टसलाइ भनेका छन् – ‘उनी उमेरअनुसार अत्यन्तै स्मार्ट बलर हुन् । दिल्लीमा सँगै अभ्यास गर्दा मलाई उनको बल बुझ्न दुई हप्ता लागेको थियो । त्यसअघि मैले हरेक बल सिधा प्रहार गर्थें वा बोल्ड हुन्थेँ । उनी भविष्यका पक्का स्टार हुन् ।
म्याक्सवेलको तारिफबाटै थाहा हुन्छ सन्दीपले डेब्यू गर्ने निश्चित जस्तै छ । मेलबनमा कप्तान म्याक्सवेलसँगै मार्कस स्टोइनिस, एडम जम्पा,ड्वेन ब्राभो,पिटर हृयान्डस्कोम्ब,लिआम प्लन्केट जस्ता स्टार खेलाडी छन् । यता सिड्नीको कप्तानी शेन वाश्टनले गर्ने छन् । वाश्टनसँगै जोश बटलर,प्याट कमिन्स,उस्मान ख्वाजा,जो रुट जस्ता खेलाडी छन् ।
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]