6 years ago
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उपाधिको लागि शनिबार भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुने छ ।
ललितपुरले पहिलो क्वालिफायर खेलमा काठमाडौँलाई एक विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै भैरहवाले एलिमिनेटरमा चितवनलाई ४ विकेट र क्वालिफायरमा काठमाडौंलाई ६ विकेटले पराजित गर्दै फाइनलमा ललितपुरसँगको भेट पक्का गर्न सफल भयो । पोखरा राइनोज र विराटनगर वारीयर्स भने समुह चरणबाटै बाहिरीएका थिए ।
फाइनल अघि सबै टोलीको प्रर्दशन हेर्न हो भने ब्याटिङमा विदेशी खेलाडीको वर्चस्व रह्यो । ईपीएलमा २ सय १६ रनको लक्ष्य पुरा हुँदा ८५ रनको लक्ष्य भने पछ्याउन सकेन । अधिकांश टोलीको प्रदर्शन विदेशी खेलाडीमा निर्भर थियो ।
घरेलु क्रिकेट होस वा राष्ट्रीय खेल नै किन नहोस, नेपाली क्रिकेट टिमको मुख्य समस्या ब्याटिङ हो । नेपाली क्रिकेट टोलीले ब्याटिङ कारण थुप्रै महत्वपूर्ण अवसर गुमाएको छ । ब्याटिङ घरेलु, उमेर र राष्ट्रिय टोलीको मुख्य समस्या हो । नेपालको ब्याटिङ कति सम्म कमजोर छ भन्ने ईपीएलको प्रर्दशनबाट छलङ्ग हुन्छ । इपीएलमा सर्वाधिक रन बनाउने शिर्ष ५ ब्याटम्यानमा नेपालमा १ मात्र खेलाडी अटेका छन् । रन बनाउने मात्र होइन सर्वाधिक चौका, छक्का र स्ट्राइक रेट मा पनि विदेशी खेलाडीकै दबदबा छ ।
यी हुन् ईपीएलमा सर्वाधिक रन बनाउने ५ खेलाडी
रवि इन्दर सिंह :
रवि इन्दर सिंह
भारतीय खेलाडी सिंह भैरहवा ग्ल्याडीयटर्सका प्रमुख हतियार र जारी ईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । सिंहले ७ खेलमा कुल ३ सय ८ रन बनाएका छन् । १ सय ५० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ चलाउदै समान १ शतक र अर्ध प्रहार गरेका छन् । ६१ को औसतमा रन जोडेका सिंहले १७ छक्का र २५ चौका प्रहार गरेका छन् ।
भैरहवालाई फाइनल सम्म पुर्याउन महत्वपूर्ण प्रर्दशन गरेका सिंहले पोखरा राइनोजलाई हराउन १ सय २५ रनको नट आउट पाली खेले जस्को कारण भैरहवाले २ सय १६ रनको लक्ष्य पनि भेट्टाएको थियो । त्यस्तै काठमाडौंसँग समुह चरणमा ८६ र क्वालिफायरमा ३१ रन बनाए । विराटनगरविरुद्ध १२, ललितपुर र चितवनविरुद्ध समान २५-२५ रन जोडे । त्यस्तै चितवनसँग एलिमिनेटर खेलमा भने रवि ४ रनमा आउट भए ।
दिपेन्द्रसिंह ऐरी
दिपेन्द्र सिंह ऐरी
चितवनलाई प्ले अफ सम्म पुर्याउन दिपेन्द्र सिंह ऐरीले सानदार प्रर्दशन गरे । ईपीएलमा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा रहेका ऐरी शीर्ष पाँचमा नेपालका एक्लो ब्याट्सम्यान हुन् । ऐरीले ६ खेलमा २ सय ३१ रन बनाउन सफल भए । दुई अर्ध शतक प्रहार गरेका ऐरीले १ सय १० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै २२ चौका र ४ छक्का प्रहार गर्न सके । भैरहवाविरुद्ध एलिमिनेटरमा ५६ रन प्रहार गरेका ऐरीले समुह चराणको खेलमा ३ रन मा आउट हुन पुगे । काठमाडौसँगको खेलमा ४५, पोखरासँगको खेलमा ५४ र विराटनगरसँगको खेलमा ३२ रन जोडे । ललितपुरसँगको खेलमा ४१ रन बनाउन सफल भए ।
गौरव तोमर
गौरव तोमर
भारतीय मुलका तोमर ईपीएलमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । कुल ६ खेलमा तोमरले १ सय ६० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै कुल २ सय ६ रन बटुले । उनले यसक्रममा १७ चौका र १५ छक्का प्रहार गरे । समुह चरणको खेलमा काठमाडौंविरुद्ध ८० रन प्रहार गरेका तोमर क्वालिफायरमा भने १ रनमा आउट भए । पोखराविरुद्ध ८२, चितवनसँगको खेलमा ३०, विराटनगरविरुद्ध ४ र भैरहवासँगको खेलमा ९ रनमा आउट भएका थिए । तोमर ललितपुर प्याट्रीयट्सबाट खेलि रहेका छन् ।
रिचार्ड लेभी
रिचार्ड लेभी
जित बिहीन हुदैँ पोखरा राइनोज समुह चरणबाट बाहिरीएपनि दक्षिण अफ्रिकी ओपनर लेभीले ईपीएलमा सानदार ब्याटिङ गरे । मात्र ४ खेल खेल्ने मौका पाएका लेभीले १ सय ९० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ घुमाउदै २ सय ४ रन बनाए । लेभी जारी ईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हुन् । लेभीले कुल १९ छक्का र १४ चौका हिर्काएका छन् । भैरहवाविरुद्ध ७९ र काठमाडौंसँगको खेलमा ३८ रन प्रहार गरे । त्यस्तै ललितपुरविरुद्ध ८४ रन बनाएका लेभीले विराटनगरसँगको खेलमा ३ रन बनाए । काठमाडौंसँगको खेलमा भने लेभी प्लेलिङ ११ मा समावेश थिएनन् ।
केभिन ओ ब्राइन
केभीन ओ ब्राएन
काठमाडौंलाई प्ले अफ सम्म पुर्याउन आयरल्यान्डका अलराउण्डर केभिन ब्राइनको प्रर्दशन महत्वपूर्ण रह्यो । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पाँचौ स्थानमा रहेका केभिनले ७ खेलमा १ सय ८४ रन बनाए । १ सय ३० को स्ट्राइक रेटमा ब्याटिङ गरेका केभिनले ९ छक्का र १५ चौका प्रहार गरेका छन् । भैरहवाविरुद्ध समुह चरणको खेलमा ३३ रन बनाएका केभिन क्वालिफायरमा भने डक आउट हुन पुगे । पोखरासँगको खेलमा ५४, चितवनविरुद्ध ९, विराटनगरसँगको खेलमा ४५ रन जोडेका केभिनले ललितपुरसँग समुह चरणको खेलमा ४२ र क्वालिफायरमा १ रन जोडे ।
यो पनि पढ्नुहोस्:
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]