default_image

6 years ago

December 20, 2018

शाकिबले करिअर उत्कृष्ट प्रदर्शन गर्दा वेस्ट इन्डिज पराजित

64 views

0 Bookmark

एजेन्सी – अलराउण्डर शाकिब अल हसनले करिअरकै सर्वोत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बंगलादेशले दोस्रो टी-२० मा वेस्ट इन्डिजलाई ३६ रनले पराजित गरेको छ । बलिङतर्फ करिअरमा पहिलो पटक ५ विकेट लिएका शकिबले ब्याटिङमा पनि आक्रामक ४२ रन जोडेका थिए ।

बंगलादेशले प्रस्तुत गरेको २ सय १२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले अन्तिम ओभरमा सबै विकेट गुमाउँदै १ सय ७५ रनमात्र जोड्न सक्यो । वेस्ट इन्डिजका रोभम्यान पावेलले सर्वाधिक ५० रन जोड्दा ओपनर शाइ होपले ३६ रनको योगदान दिए । पावेलले ३४ बलमा ५ चौका र १ छक्का हान्दा होपले १९ बलको सामना गर्दै ६ चौका प्रहार गरे । अर्का ओपनर एभिन लेविसले ६ बलमा  १ रनमात्र जोडेका थिए ।

होप आउट हुनुअघि वेस्ट इन्डिजले पाँच ओभरमा ६२ रन जोडेको थियो । तर त्यसपछि शाकिबले लगातार विकेट लिँदै वेस्ट इन्डिजलाई दबाबमा राखे । शाकिबले निकोलस पुरन (१४ रन), शिम्रण हेटमाएर (१९), ड्यारेन ब्राभो (२), क्रेग ब्रेथवेट (८) र फाबियन एलन (शून्य) लाई आफ्नो शिकार बनाए । उनले ४ ओभरमा २१ रनमात्र खर्चे ।

किमो पलले अन्त्यतिर १६ बलमा २९ रनको आक्रामक ब्याटिङ गरेपनि जितसम्म पुर्याउन सकेनन् । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले २ तथा महामुदुल्लाह, अबु हैदर र मेहदी हसन मिराजले पनि १-१ विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको बंगलादेशले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन जोडेको थियो । ओपनर लिटन दासले ३४ बलमा ६ चौका र ४ छक्काको मदतले ६० रन जोडे । तामिम इकबालले १५ र सौम्य सरकारले ३२ रनको योगदान दिए ।

शाकिब अल हसनले २६ बलमा ५ चौका र १ छक्काको मदतले अविजित ४२ रन जोड्दा महामुदुल्लाह २१ बलमा ७ चौकासहित ४३ रनमा अविजित रहे । मुस्फिकर रहिमले १ रनमात्र जोड्न सके । शाकिब र महामुदुल्लाहले अन्तिम ७ ओभरमा पाँचौ विकेटका लागि अविजित ९१ रन जोड्दै बंगलादेशलाई विशाल योगफलसम्म पुर्याएका थिए ।

वेस्ट इन्डिजका लागि शेल्डन कटरेलले २ विकेट लिँदा ओसेन थोमस र फाबियन एलनले १-१ विकेट लिए । पहिलो खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी रहेको थियो । हाल १-१ को बराबरीमा रहेको शृंखलाको तेस्रो तथा अन्तिम टी-२० शनिबार हुनेछ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.