default_image

6 years ago

December 20, 2018

सन्दीपद्वारा नवजीवन केन्द्रलाई आर्थिक सहयोग

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने हाल अष्ट्रेलियाको बिग बास लिग खेल्न अष्ट्रेलियामा छन् । सन्दीपको टोली मेलबर्न स्टार्सले शुक्रबार लिगमा सिड्नी थन्डरविरुद्ध पहिलो खेल खेल्दैछ ।

तस्बिर सौजन्य : फक्स

खेलको पूर्वसन्ध्यामा सन्दीपले काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रलाई ५० हजार पाँच रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सन्दीपको प्रतिनिधित्व गर्दै अनिश बानियाँले संस्थालाई बिहीबार उक्त सहयोग रकम हस्तान्तरण गरे । संस्थाले शारीरिक अपांगता भएका २ सय ५० जनालाई संरक्षण दिइरहेको छ ।

सन्दीपले यसअघि नै उक्त सहयोग रकम हस्तान्तरण गर्ने भनेपनि खेलमा व्यस्त रहेका कारण स्वयं सहभागी हुन सकेका थिएनन् । उनी गत साता मात्र अष्ट्रेलिया प्रस्थान गरेका थिए । सन्दीपले बिग बासको सुरुवाती केहि खेल खेलेर बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश जाने कार्यक्रम रहेको छ ।

तस्बिर सौजन्य : अनिष बानियाँ

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

Success

Thank you for your time.