6 years ago
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिगमा आज फाइनल प्रवेशको लागि काठमाडौं किंग्स इलाभने र साविक उप विजेता भैरहवा ग्ल्याडीयटर्स भिड्दै छन् । खेल ११ : ३० वजेबाट सुरु हुने छ ।
कृष्ण कार्की
भैरहवाले एलिमिनेटरमा चितवन टाइगर्सलाई चार विकेटले हराउँदा काठमाडौं ललितपुरसँग पहिलो क्लालिफायरमा १ विकेटले हारेको थियो । आजको विजेता टोली फाइनलमा पुग्ने छ । यस अघिनै ललितपुर फाइनलमा पुगि सकेको छ । आजको विजेता र ललितपुरबीच फाइनल खेल आगमी शनिबार हुने छ । समुह चरणको खेलमा काठमाडौंले भैरहवालाई ७ विकेटले पराजित गरेको थियो ।
समुह चरणमा कुन टिमको प्रर्दशन कस्तो ?
भैरहवाको सुरुवात राम्रो भएपनि अन्त्य राम्रो हुन सकेन । पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको भैरहवाले दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले हरायो । तेस्रो खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै भैरहवा प्ले अफमा पुग्ने पहिलो टिम बन्यो तर चौथो खेलमा काठमाडौंसँग ७ र पाँचौ ललितपुरसँग ६ विकेटले पराजित भएपछि शिर्ष दुई स्थान भित्र रहेर सोझै क्वालिफायर खेल खेल्ने मौका गुमायो ।
सागर पुन
तर एलिमिनेटरमा चितवनलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा काठमाडौंसँगको भेट पक्का गर्यो । नेदरल्यान्ड्सका रायन टेन डोस्काटे, यूएईका तीब्र गतिका बलर मोहमम्द नविद,भारतीय ब्याट्सम्यान रवि इन्दर सिंह भैरहवाका प्रमुख हतियार हुन् । तीनै खेलाडीले जारी ईपीएलमा उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।
काठमाडौंले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा भने ललितपुरसँग १० विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा पोखरालाई ५ र चौथो खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेटले पराजित गर्दै एक खेल अगाडीनै काठमाडौंले प्ले अफमा स्थान बनायो ।
त्यस्तै पाँचौ खेलमा विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं दोस्रो स्थानमा रहेर क्वालिफायरमा ललितपुरसँगको भेट पक्का गरेको हो । तर क्वालिफायरमा ललितपुरसँग १ विकेटले पराजित हुदैँ सोझै फाइनल प्रवेश गर्ने मौका गुमायो । यूएईका कप्तान रोहन मुस्तफा, आयरल्यान्डका अलराउण्डर केभिन ओ ब्राइन, भारतीय प्रदीप साहु, आनन्द सुब्रमनियम र अमित श्रेष्ठ काठमाडौंका मुख्य खेलाडी हुन् । सोमपाल कामी घाईते भएको कारण संभवत आजको खेल पनि खेल्ने छैनन् । काठमाडौंलाई सगर पुनको चोटले पनि पिरोलेको छ । पहिलो खेलमा उनको गोलिगाँठामा चोट लागेको थियो ।
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]