6 years ago
December 19, 2018
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन सकिएको छ । जयपुरमा सम्पन्न अक्सनमा कुल ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि ६० खेलाडीमाथि बोली लाग्यो ।
न्युजिल्यान्डका ब्रेन्डम मैकुलम, दक्षिण अफ्रिकाका हसिम अमला, इंग्ल्यान्डका एलेक्स हेल्सलगायत थुप्रै खेलाडीलाई कुनै टोलीले लिन चाहेनन् । भारतका जयदेव उनादकट र वरुण चक्रवतीमाथि सार्वधिक महँगो मुल्य लागेको छ । जयदेवलाई राजिस्थान रोयल्सले खरिद गरेको छ । गत वर्ष रोयल्सले नै उनलाई ११.५ करोडमा किनेको थियो ।
तर यस पटक रिलिज गरेर राजस्थानले यस सिजनको लागि ८ करोड ४० लाखमा किनेको छ । वरुण चक्रवतीलाई डेब्यूमै किंग्स इलाभेन पञ्जावले ८ करोड ४० लाख भारतीय रुपैयाँ खर्चेको छ ।
हेर्नुहोस, सर्वाधिक महँगो मुल्यमा विक्री भएका यी १० खेलाडी
१. जयदेव उनादकट – ८ करोड ४० लाख, राजस्थान रोयल्स
२. बरुण चक्रवती – ८ करोड ४० लाख, किंग्स इलाभेन पञ्जाव
३. साम करन – ७ करोड २० लाख, किंग्स इलाभेन पञ्जाव
४. कोलिन इन्ग्राम – ६ करोड ४० लाख, दिल्ली क्यापिटल्स
५. कार्लोस ब्रेथवेट – ५ करोड, कोलकत्ता नाइट राइडर्स
६. अक्षर पटेल – ५ करोड, दिल्ली क्यापिटल्स
७. मोहित शर्मा – ५ करोड, चेन्नई सुपर किंग्स
८. शिवम दुबे – ५ करोड, रोयल च्यालेन्जर बेंगलोर
९. मोहम्मद सामी -४ करोड ८० लाख, किंग्स इलाभेन पञ्जाव
१०. निकोलस पुरन – ४ करोड २० लाख, किंग्स इलाभेेन पञ्जाव
सबै भारतीय रुपैयाँ हो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]