6 years ago
December 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ । तेस्रो संस्करण यहि माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले विगतका वर्षहरुझै यस वर्ष पनि अक्सनमार्फत नै खेलाडीहरुको छनोट गर्दैछ । यसवर्ष विगतझैं खेलाडीलाई विभिन्न वर्गमा विभाजन गरिने छैन । खेलाडी स्वयंले दर्ता फारम भर्दा न्यूनतम ३० हजार देखि अधिकतम २ लाख ५० हजारसम्म बेस प्राईस निर्धारण गर्न सक्नेछन् ।
खेलाडी दर्ता फर्म भर्ने मिति पुस ४ गतेदेखि पुस १० गते सम्म एक साताका लागि खोलिएको छ । खेलाडी अक्सन पौष १२ गते हुनेछ । जोकोही खेलाडीले पनि अक्सनमा नाम दर्ता गर्न सक्नेछन् ।
फर्म भर्नका लागि डीपीएलको वेबसाइटमा फर्म भर्न सकिने छ । फर्म शुल्क डीपीएलको वेबसाईटमा (www.dplofficial.com) ई-सेवाको मार्फत भुक्तानी गर्नुपर्ने छ । फर्म शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।
आयोजकले ट्यालेन्ट हन्टका लागि भने धनगढी क्रिकेट एकेडेमीको अफिसमा फर्म भर्नुपर्ने प्रावधान राखेको छ । ट्यालेन्ट हन्टको छनोट पौष ९ गते सोमबार धनगढी क्रिकेट एकेडेमीमा हुनेछ ।
विगतको सिजनझैं प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । पछिल्लो दुवै सिजनको उपाधि टिम चौराहा धनगढीले जितेको थियो ।
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]