default_image

6 years ago

December 17, 2018

अष्ट्रेलियासँग हारबाट बच्न सघंर्ष गर्दै भारत !

88 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो टेस्टमा चौथो दिनको खेल सकिदा २ सय ८७ रनको विजयी लक्ष्य पक्ष्याएको भारत हारबाट बच्न सघंर्ष गरि रहेको छ । चौथो दिनको खेल सकिँदा भारत १ सय १२ रन बनाउन ५ विकेट गुमाएको छ ।

पाँचौ दिन अष्ट्रेलियालाई पराजित गर्न भारतले १ सय ७५ रन बनाउनु पर्ने हुन्छ र उसको साथमा ५ विकेट छ । भारतका लागि हनुमा बिहारी २४ र ऋषव पन्त ९ रनमा नट आउट छन् । इनिङ्सको सुरुवातमा भारतका ओपनर केएल राहुललाई मिचेल स्टार्कले बोल्ड गर्दै डक आउट पेभिलिएन फर्काए । त्यस्तै मुरली विजयलाई नाथन लायानले २० रनमा बोल्ड गर्दिए ।

कप्तान विराट कोहलीलाई लायनलेनै उस्मान खवजाको हातबाट १७ रनमा क्याच आउट गराएपछि भारतले संघर्ष गर्नु परेको हो । दिनको अन्तिम तिर अजिंक्या रहाणे पनि ३० रनमा आउट भएपछि भारत दवामा परेको छ । अष्ट्रेलियाका लागि लायन नाथन र जोश हेजलवुडलेले समान दुई विकेट लिदा मिचेल स्टार्कले पनि आफ्नो नाममा एक विकेट लेखाए ।

त्यसअघि सोमबार विहान १ सय ३२ रन बनाउन ४ विकेट गुमाएको अवस्थाबाट खेल्न सुरु गरेको अष्ट्रेलियाले थप १ सय ११ रन बनाउन ६ विकेट गुमायो । अर्थात २ सय ४३ रनमा अल आउट भयो । पाँचौ विकेटका लागि लच्न अघि कप्तान टिम पेन र उस्मान खवाजाले ६० रनको साझेदारी गर्दै भारतीय बलरलाई दबाबका राखे । लन्चपछिको ७९ औं ओभरको पाँचौ बलमा पेन र छैटौ बलमा मोहम्मद सामीले आरोन फिन्चलाई आउट गरेपछि भारत खेलमा फर्किएको थियो ।

अष्ट्रेलियाका लागि उस्मान खवजाले २ सय १३ बलमा ५ चौका प्रहार गर्दै ७२ रनमा आउट भए । आरोन फिन्च २५, पेन ३७, मिचेल स्टार्क १४ र जोश हेजलवुडले १७ रनमा नट आउट रहे । आइतबार मार्कस हृयारिस २०,ट्रविस हेड १९,पिटर हृयान्डस्कोम्ब १३ र शन मार्श ५ रनमा आउट भएका थिए । भारतका लागि मोहम्मद सामीले आफ्नो टेस्ट करियरकै वेस्ट प्रर्दशन गरे । शामीले २४ ओभरमा ८ मेडन सहित ५६ रन खर्चेर ६ विकेट लिए । त्यस्तै जसप्रित बुमराहले ३ र ईशान्त शर्मा १ विकेट चट्काए ।

कप्तान विराट कोहलीको शतकमा पहिलो इनिङ्समा भारतले २ सय ८३ रन बनाउन सकेको थियो । कोहलीले २ सय ५७ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १ सय २३ रनमा आउट भए । अजिंक्या रहाणेले ५१, चेतेश्वर पुजारा २४,हनुमा बिहारी २० र विकेटकीपर ऋषव पन्नले ३६ रन जोडे । अष्ट्रेलियाका लाथि नाथल लायनले ५,मिचेल स्टार्क र जोश हेजलवुडले समान दुई विकेट लिए । त्यस्तै प्याट कमिन्सको नाममा १ विकेट रह्यो ।पर्थमा टस जितेर शुक्रबार पहिला ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय २६ रनमा समेटियो ।

अष्ट्रेलियालाई ओपनर आरोन फिन्च र मार्कस हृयारिसले १ सय १२ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । फिन्चले १ सय ५ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए । हृयारिसले १ सय ४१ बलमा १० चौका प्रहार गर्दै ७० रनमा आउट भए । शन मार्शले ४५, ट्रविस हेड ५८, टिम पेन ३८ र प्याट कमिन्सले १९ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका लागि ईशान्त शमाले ४, जसप्रित बुमराह, उमेश यादव र हनुमा विहारीले समान दुई विकेट लिए ।

भारतले अहिले सम्म अष्ट्रेलियामा टेस्ट सिरीज जित्न सकेको छैन । पहिलो टेस्टमा भारतले ३१ रनले विजयी भएको थियो ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.