6 years ago
December 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलेभेन टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा क्वालिफारमा प्रवेश गरेको छ । १ सय १ रनको लक्ष्य पक्ष्याएको काठमाडौंले १७.५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ६ रन बनाउदै क्वालिफायरमा ललितपुर प्याट्रीयट्ससँगको भेट पक्का गरेको हो । पहिलो क्वालिफायर मंगलबार हुने छ ।
त्यस्तै हारसँगै साविक विजेता विराटनगर समुह चरणबाटै बाहिरिएको छ । विराटनगरलाई नेट रन रेटमा पछि पछि पार्दै चितवन टाइगर्स प्ले अफमा पुगेको छ । चितवनले बुधबार एलिनिमेटर खेल भैरहवा ग्याडीयर्टससँग खेल्ने छ । पोखरा यस अघिनै बाहिरी सकेको छ ।
सामान्य लक्ष्य पक्ष्याएको काठमाडौंको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरको चार बलमै कप्तान पारस खड्काले रोविन क्षत्रीबाट क्याच आउट गराउदैं कप्तान रोहन मुस्ताफालाई डक आउट पेभिलिएन फर्काए । चौथो ओभरको दोस्रो बलमा रोलोफ भान डर मर्वले आफै उत्कृष्ट क्याच लिदैं सागर पुनलाई १० रनमा आउट गरे । सागरलाई आउट गरेको दुई बलपछि मर्वले अमित श्रेष्ठलाई हरि चौरानको हातबाट क्याच गराए । श्रेष्ठले ११ बलमा २ छक्का प्रहार गर्दै १४ रन बनाए ।
त्यस्तै कप्तान पारस खड्काले १० औं ओभरको तेस्रो बलमा नरेश बुढाएरलाई ७ रनमा र रविनले राजु रिजाललाई १०.१ ओभरमा एलपी डब्लू आउट गरेपछि विराटनगरको जितको आसा पलाएको थियो । तर छैटौं विकेटका लागि केभिन ओब्राइन र प्रदीप साहुले ५८ रनको अविजीत साझेदारी गरेपछि विराटनगरको जितको आसा सकियो हो । काठमाडौंलाई सहज जिताउन केभिनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४५ रनमा नट आउट रहे ।
प्रदीप साहुले पनि २१ रन जोड् २३ बलमा ३ चौका प्रहार गरे । यदि विराटनगरले यो खेल अरु दुई वलपछि हारेको भए पनि प्ले अफमा पुग्ने थियो । विराटनगरका लागि पारस र मर्वले समान दुई विकेट लिए प िटोलीलाई हारबाट जोगाउन सकेनन् ।
त्यस अघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले १७.५ ओभरमा १ सय रनमा अल आउट भयो । खराव सूरुवात गरेको विराटनगरले त्यो भन्दा अझबढी खराव अन्त्य गर्यो । सुरुवाती १० ओभरमा ६३ रन बनाउन ४ विकेट गुमाएको विराटनगरले पछिल्लो ७.५ ओभरमा मात्र ३७ रन बनाउन ६ विकेट गुमायो ।
तेस्रो ओभरको पहिलो बलमै केभिन ओ,ब्राइनले ओपनर अनिल कुमार शाहलाई ६ रनमा बोल्ड आउट गरे । छैटौं ओभरको पाँचौ बलमा बाबर हायातलाई जितेन्द्र मुखियाले प्रदीप साहुको हातबाट क्याच गराउर्दै ११ रनमा पेभिलिएन फर्काए । कप्तान पारस खड्काले आज पनि राम्रो पर्दशन गर्न सकेनन् । पारसलाई सातौं ओभरको दोस्रो बलमा प्रदीप साहुले सिद्धान्त लोहनीको हाटबाट क्याच गराउदैँ २१ रनमा सुरुवातमै विराटनगर रनको लागि सघंर्ष गर्नु पर्यो ।
पारसले १६ बलमा २ चौका र १ छक्का पहार गरे ।
लगतै आठौं ओभरको तेस्रो बलमा आसिफ शेखलाई कप्तान रोहन मुस्तफाले ४ रनमा बोल्ड आउट गरे । विराटनगरको निरन्तर विकेट पतन जारी रह्यो । रोलोफ भान डर मर्व पनि ४ रनमा आउट भए । मर्वलाई प्रदीप साहुले ११ औं ओभरको चौथो बलमा बोल्ड आउट गर्दै पेभिलिएनको बाटो देखाए । काठमाडौंका बलर सामु विराटनगरका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिकेर रन बनाउन सकेनन् । विराटनगरका लागि सुमित महर्जनले २३ बलमा २ छक्का र १ चौका प्रहार गर्दै बनाएको रन नै सर्वाधिक रन बन्यो । हरि चौरान २२, पुष्प थापा र करण केसीले समान १ रन बनाए । पाउल भान मिकरेन र रविन क्षेत्रीले खात सम्म खोल्न सकेनन् ।
विराटनगरलाई सस्तैमा रोक्न काठमाडौंका केभिन ओ ब्राइनले घातक बलिङ गरे । उनले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै प्रदीप साहुले पनि कसिलो बलिङ गरे । साहुले ४ ओभरमा मात्र १० रन खर्चेर २ विकेट आफ्नो नाम लेखाए । रोहन मुस्तफा र बिक्रम भुषालले समान दुई विकेट लिदा जितेन्द्र मुखियाले पनि १ विकेट आफ्नो नाममा लेखाए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]