6 years ago
December 16, 2018
एजेन्सी – भारतसँगको दोस्रो टेस्टमा घरेलु टोली अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिदा १ सय ७५ रनको अग्रता लिएको छ । आइतबार तेस्रो दिनको खेल सकिदा अष्ट्रेलिया १ सय ३२ रन बनाउन ४ विकेट गुमाएको छ ।
चौथो दिन सोमबार उस्मान खवजा ४१ र कप्तान टिम पेन ८ रनबाट खेल्न सुरु गर्ने छन् । अष्ट्रेलियाका ओपनर मार्कुस हृयारिस २० रनमा आउट हुँदा आरोन फिन्च २५ रनमा रिटायर्ड हर्ट भएका छन् । ट्रविस हेड १९,पिटर हृयान्डस्कोम्ब १३ र शन मार्श ५ रनमा आउट भए । भारतका लागि मोहम्मद सामी २, ईशान्त शर्मा र जसप्रित बुमराहले समान एक विकेट लिई सकेका छन् ।
आइतबारनै कप्तान विराट कोहलीको शतकको सहयोगमा पहिलो इङिस्मा भारत २ सय ८३ रनमा समेटियो । कोहलीले २ सय ५७ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १ सय २३ रनमा आउट भए । त्यस्तै अजिंक्या रहाणेले ५१, चेतेश्वर पुजारा २४,हुनुमान बिहारी २० र विकेटकीपर ऋषव पन्नले ३६ रन जोडे । अस्टे«लियाका लाथि नाथल लायनले ५,मिचेल स्टार्क र जोश हेजलवुडले समान दुई विकेट लिए । त्यस्तै प्याट कमिन्सको नाममा १ विकेट रह्यो ।
पर्थमा टस जितेर शुक्रबार पहिला ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय २६ रनमा समेटियो । अष्ट्रेलियालाई ओपनर आरोन फिन्च र मार्कुस हृयारिसले १ सय १२ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । फिन्चले १ सय ५ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए । हृयारिसले १ सय ४१ बलमा १० चौका प्रहार गर्दै ७० रनमा आउट भए । शन मार्शले ४५, ट्रविस हेड ५८, टिम पेन ३८ र प्याट कमिन्सले १९ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
भारतका लागि ईशान्त शमाले ४, जसप्रित बुमराह, उमेश यादव र हनुमा विहारीले समान दुई विकेट लिए । भारतले अहिले सम्म अष्ट्रेलियामा टेस्ट सिरीज जित्न सकेको छैन । पहिलो टेस्टमा भारतले ३१ रनले विजयी भएको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]