6 years ago
December 16, 2018
काठमाडौं – भारतीय स्पिनर सन्नी पटेलले घातक बलिङ गर्दै ५ विकेट लिएपछि टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को १४ औं खेलमा भैरहवा ग्ल्याडीयटर्सले ललितपुर प्याट्रीयट्सलाई ९३ रनको सामान्य लक्ष्य दिएको छ ।
आइतबार टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । भैरहवाले सुरुवात देखीनै खराब प्रर्दशन गरेको भैरहवाका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । दोस्रो ओभरको चौथो बललमा सन्नी पटेलले ओपनर मोहम्मद नविदलाई विकेटकीपर जय किशनकोल्सावालाको हातबाट क्याच गराउदैं २ रनमा पेभिलिएन फर्काए ।
चौथो ओभरको तेस्रो बलमा प्रदीप एरीलाई सन्नी पटेलले बोल्ड गर्दै २ रनमा आउट गरेपछि ५ रन बनाउन भैरहवाले दुबै ओपनर गुमाउनु पर्यो । त्यस्तै सातौ ओभरको दोस्रो बलमा योगेन्द्रसिंह कार्कीले भारतीय ब्याट्सम्यान रविइन्दर सिंहलाई २५ रनमा बोल्ड आउट गरेपछि भैरहवा संकटमा परेको थियो । सिंहले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै आठौं ओभरको पहिलो बलमा सन्नी पटेलले कप्तान शरद भेषवाकरलाई १ रनमा एलपी डब्लु आउट गर्दै पेभिलिएन फर्कापछि भैरहवामाथि ललितपुर पूर्णरुपमा हाबी देखिएको थियो ।
छैटौं विकेटका लागि रायन टेन डेस्काटे र रोहित कुमार पौडेलले ३४ रनको साझेदारी गर्दै भैरहवालाई सम्मानजनक स्थितीमा पुयाउने खोजेको थिए । तर १५.३ ओभमा योगेन्द्रले सन्दीप जोराको हातबाट डेस्काटेलाई ३७ रनमा आउट गरेपछि भैरहवा सस्तैमा समेटीएको हो । डेस्काटेले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । भैरहवाको विकेट पतन निरन्तर जारी रह्यो । रोहित कुमार पौडेल ७, कृष्ण कार्की ४, कुशल मल्ल ३ भुवन कार्की र अभिनाश बोहरा डक आउट भए ।
ललितपुरका लागि सन्नी पटेलले घातक बलिङ गरे । सन्नीले ४ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट लिए । त्यस्तै योगेन्द्रसिंह कार्की र राशिद खानले समान २ विकेट लिदा ललित नारायण राजवंशीले पनि एक विकेट आफ्नो नाममा लेखाए ।
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]