default_image

6 years ago

December 15, 2018

भैरहवालाई हराउदैँ काठमाडौं प्ले अफमा

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किग्स इलाभन तेस्रो संस्करणको टीभीएस एभरेष्ट प्रिमियर लिग ((ईपीएल) मा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ । शनिबार भएको खेलमा १ सय ५० रनको विजयी लक्ष्य काठमाडौंले १९.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ५३ रन बनाउदै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

 

 

चार खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै काठमाडौंले प्ले अफ पक्का गरेको हो । काठमाडौंलाई सहज जित जिताउन ओपनर अमित श्रेष्ठले उत्कृष्ट अर्ध शतक प्रहार गरे । १५ औं ओभर पाँचौ बलमा विकेटकीपर प्रदीप ऐरीबाट रन आउटको शिकार हुनुअघि उनले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाए ।

ओपनर अमित श्रेष्ठ र कप्तान रोहन मुस्ताफाले पहिलो विकेटको रुपमा ६८ रनको साझेदारी गर्दै काठमाडौंलाई राम्रो सुरुवात दिलाए । कप्तान शरद भेषवाकरले आठौं ओभरको अन्तिम बलमा मुस्तफालाई बोल्ड आउट गर्दै पाट्नरशिप तोडे । मुस्ताफाले २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए ।

दोस्रो विकेटका रुपमा सागर पुनले अमितसँग ४४ रनको साझेदारी गरेपछि भैरहवाको जितको आसा सकिएको थियो । केभिन ओ,ब्राइनले अन्त्यतिर १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रनमा नट आउट रहदै जिताए । २० औँ ओभरको पहिलो कृष्ण कार्कीको बलमा चौका हान्दै ब्राइनले खेल जिताए ।

ब्राइनले १६.५ ओभरमा जिवनदान पाएका थिए । उक्त बलमा पुनित मेहराले क्याच लिए पनि बाउन्ड्री रेखा छुदा पेभिलिएन फर्कि सकेका ब्राइन पुन मैदान फर्केका थिए र उक्त बलमा एम्पारले छक्काको मान्यता दिए । सागर पुन मगरले १३ रन जोडे । नरेश बुढाएर पनि ४ रनमा नट आउट रहे ।
भैरहवाका लागि कप्तान शरद भेषवाकर र भुवन कार्कीले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन नसक्दा जारी प्रतियोगितामा पहिलो हार खान पुगेको हो । त्यस अघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।

भैरहवाका लागि रविइन्दर सिंह र कप्तान शरदले उत्कृष्ट ब्याटिङ गरेपनि टोलीको हार टार्न सकेनन्। रविले ६१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ८६ रनमा नट आउट रहे । त्यस्तै शरदले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे । भैरहवाको सुरुवात पनि राम्रो हुन सकेन ।

पहिलो ओभरको चौथो बलमा ओपनर प्रदीप ऐरीलाई जितेन्द्र मुखियाले प्रदीप साहुको हातबाट क्याच गराउदै खाता सम्म खोल्न दिएनन् । दोस्रो ओभरको पाँचौं बलमा केभिन ओ ब्राइनले सांसद शेखको हातबाट क्याच गराउदै हरि शंकर शाहलाई ४ रनमा आउट गरेपछि भैरहवा सूरुवातमा नै दवाव परेको थियो । तेस्रो विकेटका लागि रायन टेन डेस्काटे र रविइन्दर सिंहले ३२ रनको साझेदारी गर्दै भैरहवाको दबाब केहि कम गरे ।

यस अघिनै भैरहवा र ललितपुर प्ले अफमा पुगि सकेका छन् । अव चितवन र विराटनगर मध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । चितवनको भन्दा विराटनगरको उच्च संभावना रहेको छ । विराटनरले अन्तिम खेल जिते सोझैं प्ले अफमा पुग्ने छ । पोखरा समुह चरणबाट बाहिरी सकेको छ ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.