6 years ago
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रविइन्दर सिंहले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि तेस्रो संस्करणको टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को १२ औं खेलमा भैरहवा ग्ल्याडीयटर्सले काठमाडौं किंग्स इलाभेनलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।
शनिबार टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाउन सक्यो । भैरहवाका लागि रविइन्दर सिंह र कप्तान शरद भेषवाकले उत्कृष्ट ब्याटिङ गरे । रविले ६१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ८६ रनमा नट आउट रहे । त्यस्तै कप्तान शरद भेषवाकरले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रनमा आउट भए ।
भैरहवाको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरको चौथो बलमा ओपनर प्रदीप ऐरीलाई जितेन्द्र मुखियाले प्रदीप साहुको हातबाट क्याच गराउदै खाता सम्म खोल्न दिएनन् । दोस्रो ओभरको पाँचौं बलमा केभिन ओ ब्राइनले सांसद शेखको हातबाट क्याच गराउदै अर्का ओपनर हरि शंकर शाहलाई ४ रनमा आउट गरेपछि भैरहवा सूरुवातमा नै दवाव परेको थियो । तेस्रो विकेटका लागि रायन टेन डेस्काटे र रविइन्दर सिंहले ३२ रनको साझेदारी गर्दै भैरहवाको दबाब केहि कम गरे ।
प्रदीप साहुले नवौं ओभरको चौथो बलमा डेस्काटेलाई १२ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडे र पुन दवावमा राखे । चौथो विकेटका लागि कप्तान शरद भेषवाकर र रविइन्दर सिंहले १ सय ९ रनको शतकीय साझेदारी गर्दै भैरहवालाई प्रतिस्पर्धात्मक योगफल सम्म पुयाए । पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ४६ रन मात्र बनाउन सकेको भैरहवाले यी दुई जोडीको उत्कृष्ट ब्याटिङमा पछिल्लो १० ओभरमा १ विकेटको क्षतिमा १ सय ३ रन बनाउन सक्यो । शरदलाई अन्तिम बलमा जितेन्द्र मुखियाले बोल्ड आउट गरे ।
काठमाडौंका लागि जितेन्द्र मुखिया २, केभिन ओ ब्राइन,र प्रदीप साहुले समान एक विकेट लिए । आजको खेलमा विजयी भए काठमाडौं एक खेल अगावै प्ले अफमा पुग्ने छ । भैरहवा यस अघिनै प्ले अफमा पुगि सकेको छ ।
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]