default_image

6 years ago

December 14, 2018

काठमाडौंसँग पराजित हुँदै पोखरा ईपीएलबाट बाहिरियो

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौं किंग्स एलेभेनसँग शुक्रबार भएको दोस्रो खेलमा ५ विकेटले पराजित भएपछि पोखराको यात्रा टुंगिएको हो । काठमाडौंले भने दोस्रो जितसँगै प्लेअफ सम्भावना बलियो बनाएको छ ।

पोखराले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी लक्ष्य पक्ष्याएको काठमाडौंले केभिन ओ ब्राइनको उत्कृष्ट अर्धशतकको सहयोगमा अन्तिम ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । आजको जितसँगै काठमाडौँको प्ले अफको संभावना बलियो बनेको छ । बाँकी दुई खेलमा एकमा जित निकाल्न सके वा चितवन र विराटनगरको नजिता आफु अनुकुल आएपनि काठमाडौं प्ले अफमा पुग्ने छ ।

काठमाडौंलाई जिताउन आयरल्यान्डका केभिन ओब्राइनले उत्कृष्ट ब्याटिङ गरे । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५४ रनमा नट आउट रहे । त्यस्तै सुब्रमनियम आनन्दले १८ बलमा २ छक्का प्रहार गर्दै २७ रन जोडे । पहिलो विकेटका लागि कप्तान रोहन मुस्तफा र अमित श्रेष्ठले ३५ रनको साझेदारी गर्दै काठमाडौंलाई मध्यम सुरुवात दिलाएका थिए ।

चौथो ओभरमा विक्रम शोवले विकेटकीपर बिनोद भण्डारीको हातबाट क्याच गराउँदै श्रेष्ठलाई ११ रनमा पेभिलिएन फर्काए । मुस्तफालाई शुसन भारीले नवौं ओभरको अन्तिम बलमा कप्तान काइल कोट्जरको हातबाट क्याच गराउदैँ ४० रनमा आउट गरे । मुस्तफाले ३१ बलमा ७ चौका प्रहार गरे । लगतै सागर पुनलाई ९.२ ओभरमा शक्ति गौचनले बोल्ड आउट गरेपछि पोखरा खेलमा फर्किन सक्ने संकेत देखाएको थियो ।

तर आनन्द र केभिनले पाँचौ विकेटका लागि ५८ रनको साझेदारी गर्दै काठमाडौंलाई सहज जित दिलाए । महत्वपूर्ण समयमा १६ औं ओभरको अन्तिम बलमा विपिन खत्रीले आनन्दको क्याच छोड्न पुगेका थिए । पोखराका लागि बिक्रम शोबले २ शुसन भारी र शक्ति गौचन र एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले राम्रो प्रर्दशन गर्न सकेनन् ।

त्यसअघि टीयू अन्तर्राष्टिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । पोखराका ओपनर रिचार्ड लेभी र कप्तान काइल कोट्जरले ३.४ ओभरमा ४३ रनको साझेदारी गर्दै पोखरालाई राम्रो सुरुवात दिलाए । रोहन मुस्तफाले लेभीलाई बोल्ड आउट ओपनिङ साझेदारी तोडे । लेभीले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए ।

विक्रम भुषालले अमर सिंह राउटेलाको हातबाट क्याच गराउँदै सुनिल धमलालाई ९ मा आउट गरे । विक्रम भुषालले नै १३ औं ओभरको पहिलो बलमा कोट्जरलाई सिद्धान्त लोहनीको हातमा क्याच थमाउँदै ३७ रनमा आउट गरेपछि काठमाडौं खेलमा फर्किन खोजेको थियो । कोट्जरले २५ बलमा ६ चौका प्रहार गरे ।

काठमाडौं किंग्स ११

त्यस्तै हार्ड हिटर बिनोद भण्डारीलाई सांसद शेखले १५.४ ओभरका बोल्ड आउट गर्दिएपछि काठमाडौं खेलमा फर्किएको थियो । भण्डारीले ११ बलमा २ छक्का प्रहार गर्दै १७ रन बनाए । पाँचौ विकेटका रुपमा राजेश पुलामी मगर ९ रनमा आउट भए । विशाल लक्ष्य तर्फ अघि बढेको पोखरालाई ब्राइनले १९ औं ओभरको चौथो बलमा राजेश र पाँचौ बलमा कोग्लिनलाई आउट गरेपछि ठूलो स्कार बनाउन चुकेको हो । कोग्लिनले ३८ बलमा समान एक चौका र छक्का प्रहार गर्दै ३७ रन बनाए । त्यस्तै बिपिन खत्री र बिक्रम शोब समान ३ रनमा नट आउट रहे ।

काठमाडौंका लागि बिक्रम भुषाल र केभिन ओ,ब्राइनले समान दुई विकेट लिदा सांसद शेख, रोहन मुस्तफाले पनि समान एक विकेट आफ्नो नाममा लेखाए । आजको खेलमा पोखरा पराजित भए समुह चरणबाटै घर फर्किने पहिलो टिम बन्ने छ । जित निकाल्न सके अघिल्लो चरणको आसा कायमै राख्ने छ । आजको खेलमा विजयी भए काठमाडौंको अघिल्लो चरण बलियो र सहज हुने छ ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.