6 years ago
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले साविक विजेता विराटनगर वारीयर्सलाई ५ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पहिलो जित दर्ता गरेको छ । यस जितसँगै चितवन टाइगर्सले प्लेअफ सम्भावना जिवितै राखेको छ ।
चितवन टाइगर्स
चितवनले प्रस्तुत गरेको १ सय ९७ रनको विशाल लक्ष्य पक्ष्याएको विराटनगरले बाबरको उत्कृष्ट ब्याटिङकका बाबजुत पनि २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । चितवनको यो जितसँगै प्ले अफको झिनो अंक गाणितीय संभावना कायमै राखेको छ । चितवनको यो पहिलो जित पनि हो ।
यो हारसँगै विराटनगरको अघिल्लो चरणको यात्रा निकै कठिन बनेको छ । हङकङका पुर्व कप्तान समेत रहेका बाबर हायातले उत्कृष्ट अर्धशतक प्रहार गरे पनि टिमलाई जिताउन सकेनन् । शतक बनाउन १० रनले चुकेका बाबर १७ ओभरको चौथो बलमा ललितसिंह भण्डारीले सागर ढकालको हातबाट क्याच आउट हुदैँ ९० रनमा पेभिलिएन फर्किए । बाबरले ४२ बलमा ५ चौका र ८ छक्का प्रहार गरे ।
कप्तान पारस खड्का र अनिल कुमार शाहले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात गरेका थिए । लगातार खराब प्रर्दशन गरेका पारसले आज १९ रन जोडे । पारसलाई लसलितसिंह भण्डारीले चौथो ओभरको अन्तिम बलमा बोल्ड आउट गर्दै पेभिलिएनको बाटो देखाएका थिए । पारसले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । सागर ढकालले ६.२ ओभरमा शाहलाई बोल्ड आउट गर्दै १२ रनमा आउट गरे ।
बाबर हायात, विराटनगर वारीयर्स
आशिफ शेख र बाबरले तेस्रो विकेटका रुपमा ७.५ ओभर भित्र ८३ रनको उत्कृष्ट साझेदारी गरे पनि टिमको हार टार्न सकेनन् । सागरले १४.१ ओभरमा आदिल खानको हातबाट क्याच गराउदैँ पाट्नरशिप तोड्दै खेलमा फर्काएका थिए । लगतै पाँच बलमा मर्वलाई डक आउट पठाए । १६.४ मा बाबर र १६. ५ मा हरि चौरानलाई लगातार ललितले आउट गरेपछि विराटनगर जित नजिक पुगेर पनि पराजित भएको हो ।
आशिफले २१ बलमा ३ छक्का प्रहार गर्दै ३० रन जोडे । करण केसीले २४ रन बनाउन बाहेक अन्य पुछारका ब्याट्सम्यानले रन बनाउन नसक्दा हार खान पुगेको हो । विराटनगरका ४ ब्याट्सम्यानले खाता सम्म खोल्न सकेनन् ।
चितवनको जितमा सागर ढकाल र ललितसिंह भण्डारीले उत्कृष्ट बलिङ गरे । ललितले ४ र सागरले समान ३ विकेट लिएपछि हार नजिक पुगेको चितवनले जित दर्ता गरेको हो । ललितले ४ ओभरमा २४ रन खर्चिदा सागरले पनि समान ओभरमा १ मेडन सहित २४ रन खर्चिए ।
जोन सिम्प्सन, चितवन टाइगर्स
त्यसअघि जोन सिम्प्सनले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । तेस्रो विकेटका रुपमा सिम्पनसले दिपेन्द्रसिंह ऐरीसँग ६ ओभर भित्र ६९ रनको साझेदारी गरेपछि चितवनले विशाल योगफल बनाउन सफल भएको हो । सुरुवात देखीनै आक्रमक ब्याटिङ गरेका जोन सिम्पसनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७८ रन बनाए ।
सिम्पसन अन्तिम ओभरको पहिलो बलमा रोलोफ भान डर मर्वको हातबाट क्याच आउट भए । सिम्पसनलाई राम्रो साथ दिएका दिपेन्द्रसिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गरे । पाउल भान मिकरेनलेले १७.३ ओभरमा अनिल कुमार शाहको हातबाट क्याच आउट गराउनु अघि ऐरीले २२ बलमा ३ चौका प्रहार गदै ३२ रन बनाए ।
अर्धशतक बनाएपछि चितवन टाइगर्सका जोन सिम्प्सन
चितवनलाई ओपनर सन्दीप सुनार पल स्टरर्लिङले ४.५ ओभर भित्र ४४ रनको साझेदारी गर्दै राम्रो सूरुवात दिलाएका थिए । बसन्त रेग्मीले बोल्ड आउट गर्नु अघि सुनारले २२ बलमा ६ चौका प्रहार गर्दै ३० रन बनाए । दोस्रो विकेटका रुपमा ११. ३ ओभरमा आउट भएका स्टरर्लिङले २३ बलमा १५ रन मात्र बनाउन सके । स्टरर्लिङलाई पारसले एलपी डब्लु आउट पारेका थिए । जर्ज स्कटले पनि अन्तिम तिर १० बलमा ३ छक्का प्रहार गर्दै २४ रनमा नट आउट रहे ।
विराटनगरका लागि पारस खड्का, पाउल भान मिकरेनले, करण केसी र बसन्त रेग्मीले समान एक एक विकेट लिए । विराटनगर आजको खेलमा विजयी भए प्लेअफमा पुग्ने छ भने चितवन समुह चरणबाट बाहिरीने छ । चितवनले आजको खेलमा जित निकाल्न सके अघिल्लो चरणको झिनो आसा कायमै राख्ने छ ।
सन्दीप सुनार बोल्ड हुँदै
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]