6 years ago
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस ब्याट्सम्यान जोन सिम्पसनले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि तेस्रो संकरणको टिभीएस एभरेष्ट पिमियर लिग (ईपीएल) को शुक्रबारको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारीयर्सलाई १ सय ९७ विशाल रनको विजयी लक्ष्य दिएको छ ।
जोन सिम्प्सन, चितवन टाइगर्स
टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनायो । तेस्रो विकेटका रुपमा सिम्पनसले दिपेन्द्रसिंह ऐरीसँग ६ ओभर भित्र ६९ रनको साझेदारी गरेपछि चितवनले विशाल योगफल बनाउन सफल भएको हो । सुरुवात देखीनै आक्रमक ब्याटिङ गरेका जोन सिम्पसनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७८ रन बनाए ।
सिम्पसन अन्तिम ओभरको पहिलो बलमा रोलोफ भान डर मर्वको हातबाट क्याच आउट भए । सिम्पसनलाई राम्रो साथ दिएका दिपेन्द्रसिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गरे । पाउल भान मिकरेनलेले १७.३ ओभरमा अनिल कुमार शाहको हातबाट क्याच आउट गराउनु अघि ऐरीले २२ बलमा ३ चौका प्रहार गदै ३२ रन बनाए ।
अर्धशतक बनाएपछि चितवन टाइगर्सका जोन सिम्प्सन
चितवनलाई ओपनर सन्दीप सुनार पल स्टरर्लिङले ४.५ ओभर भित्र ४४ रनको साझेदारी गर्दै राम्रो सूरुवात दिलाएका थिए । बसन्त रेग्मीले बोल्ड आउट गर्नु अघि सुनारले २२ बलमा ६ चौका प्रहार गर्दै ३० रन बनाए । दोस्रो विकेटका रुपमा ११. ३ ओभरमा आउट भएका स्टरर्लिङले २३ बलमा १५ रन मात्र बनाउन सके । स्टरर्लिङलाई पारसले एलपी डब्लु आउट पारेका थिए । जर्ज स्कटले पनि अन्तिम तिर १० बलमा ३ छक्का प्रहार गर्दै २४ रनमा नट आउट रहे ।
विराटनगरका लागि पारस खड्का, पाउल भान मिकरेनले, करण केसी र बसन्त रेग्मीले समान एक एक विकेट लिए । विराटनगर आजको खेलमा विजयी भए प्लेअफमा पुग्ने छ भने चितवन समुह चरणबाट बाहिरीने छ । चितवनले आजको खेलमा जित निकाल्न सके अघिल्लो चरणको झिनो आसा कायमै राख्ने छ ।
सन्दीप सुनार बोल्ड हुँदै
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]