default_image

6 years ago

December 13, 2018

उपकप्तान ज्ञानेन्द्रलाई १६ लाखको प्रायोजन

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट सामग्री उत्पादन तथा विक्री गर्ने ‘ट्वीस्टर‘ कम्पनिले प्रायोजन गर्ने भएको छ ।

ट्वीस्टरले उपकप्तान मल्ललाई दुई वर्ष प्रायोजन गर्ने भएको हो । मल्ल र ट्वीस्टरबीच दुई वर्षका लागि करिब १० लाख भारतिय रुपैंया (नेपाली १६ लाख रुपैयाँ) बराबरको प्रायोजन सम्झौता भएको छ । सम्झौता पत्रमा ज्ञानेन्द्र स्वयं र ट्वीस्टरबाट केयुर देसाईले हस्ताक्षर गरे । सम्झौतापछि उपकप्तान मल्लले ट्वीस्टरका किट्सहरु काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरमा पाउने जानकारी दिए ।

ज्ञानेन्द्रले गत शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमिएर लिगका खेलको क्रममा ट्वीस्टरको ब्याट प्रयोग गर्न थालेपनि सम्झौता भने बिहिबार भएको हो ।  ट्वीस्टरले यसअघि भारतको यु–१९ तथा प्रथम श्रेणीका खेलाडीहरुलाई प्रायोजन गरेको थियो । ट्वीस्टरले पहिलोपटक अन्तर्राष्ट्रिय खेलाडीलाई प्रायोजन गरेको हो । ट्वीस्टर भारतीय क्रिकेट सामाग्री निर्माता कम्पनी अक्सर इण्डस्ट्रिजले सन् २०१४ देखी निर्माण गर्न थालेको हो ।

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

March 25, 2025

एक‌ सातामा क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका‌ लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]

Success

Thank you for your time.