6 years ago
December 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बनेपा क्रिकेट ऐडेमी एन्ड स्पोर्टस् सेन्टरको आयोजनामा माघमा स्कुल लिग क्रिकेट (एसएलसी) प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता माघ ५ देखि १९ गतेसम्म पुल्चोकस्थित इन्जिनियरिङ कलेको मैदानमा हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्राविधिक संयोजक विनय झाले जानकारी दिए । प्रतियोगितामा राजधानी र आसपासका १० टोलीको सहभागिता रहने बताइएको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिने बताइएको छ । लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । लिग चरणका खेल २० ओभर तथा सेमिफाइनल फाइनल भने २५ ओभरको खेलाइने जनाइएको छ ।
प्रतियोगिताको विजेता टोलीले ७१ हजार तथा दोस्रो हुने टोलीले २१ हजार रुपैयाँ पाउनेछ । म्यान अफ दि टुर्नामेन्टले क्रिकेटको पुरा सेट प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट बलर, बेष्ट ब्याट्सम्यान तथा प्रत्येक खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ ।
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]