default_image

6 years ago

December 12, 2018

नविदको घातक बलिङमा विराटनगर ९१ रनमा समेटियो

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोहमद नविदले डेब्यु खेलमा नै घातक बलिङ गरेपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आठौं खेलमा बुधबार साविक विजेता टोली विराटनगर वारियर्स ९१ रनमा समेटिएको छ । नविदले १४ रन खर्चेर ४ विकेट लिंदा भैरहवा ग्ल्याडीयटर्सले ९२ रनको सामान्य लक्ष्य पायो ।

भैरहवा ग्ल्याडीयटर्स

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १८.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । विराटनगरका लागि शीर्ष क्रमका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर ब्याटिङ गर्न आएका कप्तान पारस खड्का १, अनिल कुमार शाह ४, आशिफ शेख डक र बाबर हायात ६ रनमा आउट भएपछि पहिलो पावर प्ले अर्थात ६ ओभरमा २४ रन जोड्न शिर्ष ४ ब्याटस्म्यान गुमाएको थियो ।

पारस खड्कालाई कृष्ण कार्कीले दोस्रो ओभरको पहिलो बलमै कप्तान शरद भेषवाकरको हातबाट क्याच गराउदै पेभिलिएनको बाटो देखाएका थिए । नविदले तेस्रो ओभरको चौथो बलमा अनिल कुमार शाहलाई रोहित कुमार पौडेलको हातबाट क्याच गराउदा पाँचौ बलमा शेखलाई विकेटकीपर प्रदीप ऐरीको हातमा क्याच थमाउँदै लगातार पेभिलिएन फर्काएपछि ६ रन जोड्न विराटनगर ३ विकेट गुमाउँदै दयनिय अवस्थामा पुग्नु परेको थियो ।

रोलफ भान डर मर्व

त्यस्तै कृष्ण कार्कीको छैटौं ओभरको दोस्रो बलमा आरिफ शेखले उत्कृष्ट क्याच लिँदै बाबरलाई आउट गरेपछि विराटनगर संकटमा परेको थियो । विराटनगरको विकेट पतन सिलशिला निरन्तर जारी रह्यो । नवौ ओभरको दोस्रो बलमा रायन टेन डेक्काटेले सुमित महर्जनलाई १५ रनमा आउट गरेपछि सुरुवाती १० ओभर खेल पुरै भैरहवा हावी रह्यो । सातौ विकेटका लागि रोलफ भान डर मर्व र करण केसीले २५ रनको साझेदारी विराटनगरलाई आसा देखाएका थिए । तर १३ औँ ओभरको अन्तिम बलमा अभिनास बोहराले कट निकल्दै विकेटकीपर प्रदीपको हातबाट मर्वलाई आउट गरेपछि विराटनगरको ठूलो स्कोरको आसा सकिएको थियो । उनले २९ बलमा २ चौका प्रहार गरे ।

लगत्तै अर्को ओभरका करण केसीलाई शरद भेषवाकरले १८ रनमा अभिनाशको हातबाट क्याच गराएपछि विराटनगर सस्तैमा समेटिएको हो । करणले १९ बलमा समान १ चौका र छक्का प्रहार गरे । विराटनगरको विकत पतन निरन्तर जारी रह्यो । भैरहवाका बलर सामु विराटनगरका ब्याट्सम्यान निरीह सावित भए । त्यस्तै मोहम्मद नविदले १८ औँ ओभरको तेस्रो बलमा बसन्त रेग्मीलाई ५ र पाँचौ बलमा रविन क्षेत्रीलाई डक आउट गर्दिए ।

कृष्ण कार्की

पुछारका ब्याट्सम्यान हरि चौरानले १३ रनमा नट आउट रहे भैरहवाका लागि मोहम्मद नविदले घातक बलिङ गरे । नविदले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कृष्ण कार्की र अभिनाश बोहराले समान दुई विकेट लिदा शरद भेषवाकर र रायन टेन डेस्काटेले पनि एक एक विकेट लिए ।

September 23, 2024

काठमाडौं जिल्ला क्रिकेटको साधारण सभामा प्रशिक्षक र खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला क्रिकेट संघको पाँचौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाको‌ बन्द सत्रले‌ सचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरेको थियो। सभामा ३६ जनाको सहभागिता रहेको काठमाडौं जिल्लाले‌ जानकारी दिएको छ। उद्घाटनमा प्रशिक्षक र खेलाडीलाई सम्मान गरिएको थियो। नेपालका पूर्व प्रशिक्षकद्वय अरुण अर्याल र सुनोज भट्टराईलाई सम्मान गरिएको थियो […]

September 23, 2024

विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित […]

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]

Success

Thank you for your time.