default_image

6 years ago

December 12, 2018

प्लेअफमा स्थान बनाउन शरद र पारसको टोली भिड्दै

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पाँचौ दिन आज दुई खेल हुने छन् ।

विराटनगर वारीयर्स

पहिलो खेलमा उपाधिका प्रमुख दुई टोली, पारस खड्काले नेतृत्व रहेको विराटनगर वारियर्सले भरद भेषवाकरले कप्तानी गरि रहेको भैरहवा ग्ल्याडीयटर्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल ९ वजेबाट सुरुहुने छ । जारी प्रतियोगितमा यी दुबै टोलीले सुरुवाती दुइ खेलमा जित निकालेका छन् । भैरहवाले पहिलो खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले हराएको थियो । पोखरालाई पराजित गर्न भैरहवाले २ सय १६ रनको लक्ष्य पुरा गरेको थियो ।

विराटनगरले भने सामान्य लक्ष्य पनि संघर्षपूर्ण जित निकाली रहेको छ । ललितपुरले दिएको १ सय ५ रनको लक्ष्य विराटनगरले अन्तिम ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको थियो । दोस्रो खेलमा पोखराले दिएको ८५ रन लक्ष्य पुरा गर्न नसक्दा टाइ हुदैँ सुपर ओभरमा विजयी भयो । ब्याटिङमा कमजोर देखिएको विराटनगरको लागि आजको खेलमा हङकङका पुर्व कप्तान तथा ब्याटिङ अलराउण्डर बाबर हायत खेल्ने छन् । बाबरको आगमनले विराटनगरको ब्याटिङमा केहि सुधार आउने अनुमान गरिएको छ ।

भैरहवा ग्ल्याडीयटर्स

त्यस्तै आजको खेलमा भैरहवाबाट युएईको तीब्र गतिका बलर मोहम्मद नाविद पनि खेल्ने छन् । बाबर र नाविद एसीसी एमरजिङ टिप्स कपको कारण सूरुवाती खेल गुमाएका थिए । भैरहवा र विराटनगरबीचको विजेता टोलीले दुई खेल अगाडीनै प्ले अफमा पुग्ने छ । गत संकरणको फाइनल खेलमा विराटनगरले भैरहवालाई १ रनले हराउँदै उपाधि जितेको थियो । पछिल्ला ३ खेलमा भैरहवाले विराटनगरलाई हराउन सकेको छैन ।

त्यस्तै आजको दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले काठमाडौँ किंग्स इलाभेनको सामना गर्ने छ । खेल १ वजेबाट सुरु हुने छ । ललितपुरले आजको खेलमा जित आत्मासात गर्न सके एक खेल अगाडी नै प्ले अफमा पुग्ने दोस्रो टिम बन्ने छ । आजको खेलमा पराजित भए अर्को खेल सम्म पर्खनु पर्ने हुन्छ । ललितपुरले सुरुवाती ३ खेलमा दुईमा जित र १ मा हारका साथ अंकतालिको शिर्ष स्थानमा रहेको छ ।

ललितपुर प्याट्रीयट्स

पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको ललितपुररले दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो । तेस्रो खेलमा पोखरा राइनोजलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । सोमपाल कामीले नेतृत्व गरेको काठमाडौँ लगातार दोस्रो जितको खोजिमा हुने छ । पहिलो खेलमा काठमाडौँले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा काठमाडौंबाट युएईका कप्तान रोहन मुस्तफा पनि खेल्ने छन् ।

September 23, 2024

काठमाडौं जिल्ला क्रिकेटको साधारण सभामा प्रशिक्षक र खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला क्रिकेट संघको पाँचौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाको‌ बन्द सत्रले‌ सचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरेको थियो। सभामा ३६ जनाको सहभागिता रहेको काठमाडौं जिल्लाले‌ जानकारी दिएको छ। उद्घाटनमा प्रशिक्षक र खेलाडीलाई सम्मान गरिएको थियो। नेपालका पूर्व प्रशिक्षकद्वय अरुण अर्याल र सुनोज भट्टराईलाई सम्मान गरिएको थियो […]

September 23, 2024

विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित […]

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]

Success

Thank you for your time.