6 years ago
December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । चितवन भने लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।
भैरहवा ग्ल्याडीयटर्स
भैरहवाले प्रस्तुत गरेको १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनाउन सक्यो । यो हारसंगै चितवनको अघिल्लो यात्रा निकै कठिन बनेको छ । पहिलो खेलमा चितवन ललितपुर प्याट्रीयट्ससंग ११ र काठमाडौँ किंग्स इलाभेनसंग ६ विकेटले पराजय भोगेको थियो । चितवनले बाँकी सबै खेलमा फराकिलो जित र अन्य टोलीको नजिता आफु अनुकुल आउनु पर्ने हुन्छ । अन्यथा यस पटक पनि चितवन समुह चरणबाट घर फर्किने छ ।
ओपनर पल स्टरलिङले सन्दीप सुनारसंग ४९ रनको साझेदारी राम्रो सुरुवात दिलाएका थिए । तर मिडिल अडरमा निरन्तर विकेट पतन भएपछि पराजित भएको हो । सूरुवात देखीनै आक्रमक रुपमा प्रस्तु भएका स्टरलिङले २३ बलमा ५ चौका र २ छक्का प्रहार ३८ रन बनाए । स्टरलिङ छैटौं ओभरको तेस्रो बलमा रायन डेस्काटेले विकेटकीपर प्रदीप ऐरीको हातबाट क्याच आउट गराए । पहिलो विकेट रुपमा आउट भएका सुनारले ९ रन बनाउदा कप्तान पृथु वास्कोटा र दिपेन्द्र सिंह एेरी समान ३ रनमा आउट भएपछि चितवन केहि दवावमा देखिएको थियो ।
दशौं ओभरको दोस्रो बलमा दिपेन्द्रले खराव सट प्रहार गर्दा कुशल मल्लले क्याच लिएका थिए । ११ ओभरको पहिलो बलमा भिम सार्कीलाई रोहित कुमार पौडेलले रन आउट गरेपछि भैरहवा खेलमा फर्किएको थियो । कप्तान शरद भेषवाकरले जोन सिम्पसनलाई २६ रनमा बोल्ड आउट गरेपछि चितवनको जित टाढिएको थियो । सिम्पसनले २२ बलमा २ छक्का प्रहार गरे ।
सातौं विकेटका लागि जर्ज स्कट २ र आठौं विकेटका लागि दिलीप नाथ १२ रनमा आउट भएपछि चितवनको लगारत तेस्रो हार नजिक पसुगेको थियो । चितवनका ललितसिंह भण्डारी ४ रनमा आउट भए । चितवनका लागि कप्तान शरद भेषवाकरले २,रभीइन्दर सिंह २, रायन टेन डोस्काट, अभिनाश बोहोरा र र भुवन कार्कीले समान एक विकेट लिए ।
रवी इन्दर सिंह
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा अल आउट हुदैँ १ सय ४३ रन बनाएको थियो । ओपनर कुशल मल्ल र प्रदीप ऐरीले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गर्दै मध्यम सरुवात गरेका थिए । पल स्टरलिङको पाँचौ ओभरको चौथो बलमा प्रदीप एरीलाई २६ रनमा पृथु वास्कोटाले रन आउट गराउदा अर्को बलमा मल्ललाई बोल्ड गर्दै ३ रनमा आउट गर्दै दुबै ओपनरलाई पेभिलिएन फर्काए ।
दिपेन्द्रसिंह ऐरीले ११ ओभरको चौथो बलमा रभीइन्दर सिंहलाई २५ रन बनाएको अवस्थामा विकेटकीपर जोन सिम्पसनको हातबाट क्याच र त्यसको एक बल पछि कप्तान शरद भेषवाकर १ मा रन आउट भएपछि चितवन खेलमा फर्किएको थियो । कुनै समय ११ ओभर भित्र ८२ रन जा्ड्न ४ विकेट गुमाएको भैरहवालई पाँचौ विकेटका लागि रायन टेन डोस्काटे र आरिफ शेखले ३३ रनको साझेदारी गर्दै सम्मानजनक स्थितीमा पुर्याउन खोजेका थिए ।
तर सागर ढकालले १६ ओभरको पहिलो बलमै डेस्काटेलाई ३५ रनमा आउट गर्दै पेभिलिएनको बाटो देखाएपछि खेलमा चितवन हाबी देखािएको थियो । डेस्काटेले २५ बलमा ३ छक्का र १ चौका प्रहार गरे । सागर ढकालले आफ्नो अन्तिम स्पेलमा १८ औा ओभरको दोस्रो बलमा आरिफ र तेस्रो बलमा पुनित महेरालाई आउट गरेपछि भैरहवा ठूलो स्कोर बनाउनबाट चुकेको हो । आरिफ २० बलमा समान १ छक्का र चौका प्रहार गर्दै १८ रन बनाउदा पुनितले १२ रन जोड्न सके । रोहित कुमार पौडेलले ४ र कृष्ण कार्कीले ९ रन बनाए ।
भैरहवालाई मध्यम स्कोरमा रोक्न युवा खेलाडी सागर ढकालले धातक बलिङ गरे । उनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । जर्ज स्कटले २, पल स्टिरलिङ, ललितसिंह भण्डारी र दिपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]