6 years ago
December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो दिन पहिलो खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको सामान्य लक्ष्य दिएको छ ।
विराटनगर वारीयर्स
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले २० ओभरमा ७ विकेटको क्षतिमा ८४ रन बनायो । पोखराको सुरुवात देखीनै खराब प्रर्दशन गर्यो । पोखराले ३.५ ओभरमा १९ रन बनाउन ४ विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा कप्तान काइल कोट्जरलाई ४ रनमा रोलफ भान डर मर्वले पहिलो ओभरको अन्तिम बलमा विकेटकीपर आशिफ शेखको हातबाट क्याच आउट गराउदै पेभिलिएन फर्काए ।
पल भान मिकरेनले दोस्रो ओभरको दोस्रो बलमा सुबेन्दु पाण्डेलाई डक आउट र तेस्रो ओभरको तेस्रो बलमा मर्वले रिचर्ड लेभीलाई ४ रनमा पेभिलिएनको बाटो देखाएपछि पोखरा सूरुवातमै दबाबमा परेको थियो । त्यस्तै चौथो ओभरको पाँचौ बलमा बसन्त रेग्मीले विनोद भण्डारीलाई १ र पल कोग्लिनलाई ११ ओभरको तेस्रो बलमा मिकरेनलेले २० रनमा आउट गरेपछि पोखरा ४९ रन जोड्न ५ विकेट गुमाएर कमजोर अवस्थामा पुगेको थियो ।
राजेश पुलामी मगर
पोखराको विकेट पतन निरन्तर जारी रह्यो । निरन्तर विकेटको सिलिसिलालाई कुनै पनि ब्याट्सम्यानले रोक्न सकेनन् । छैटौं विकेटका लागि शुसन भारी र राजेश पुलामी मगरले २१ रनको साझेदारी गर्दै पोखराको इनिङ उकास्ने प्रयास गरेका थिए । तर स्मित पटेलले १५.५ ओभरमा राजेशलाई १७ रनमा करण केसीको हातबाट क्याच गराउदै पेभिलिएन फर्कापछि पोखरा पूर्णरुपमा धरासयी बनेको थियो । सातौं विकेटका रुपमा भारी ८ रनमा आउट भए । शक्ति गौचन ३ र बिक्रम शोब ५ रनमा नट आउट रहे ।
विराटनगरका लागि पल भान मिकरेनले ४ ओभरमा १७ रन खर्चेर ३ वकेट लिए । रोलफ भान डर मर्वले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सन्नी पटेलले कसिलो बलिङ गरे । पटेलले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिए । बसन्त रेग्मीको नाममा पनि १ विकेट रह्यो ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]